करिना र अर्जुनको किस सीन लिक भएपछि…. (ट्रेलरसहित)
screennepal
प्रकाशित: २०७२, १० फाल्गुन सोमबार
no img

मुम्बई, (एजेन्सी) । बलिउड अभिनेत्री करिना कपूरले अभिनेता सैफ अलि खानसँग विवाह गरेपछि सबैलाई लागेको थियो, ‘अब उनले ठूलो पर्दामा ‘किसिङ सीन’ दिँदैनन् । तर, करिनाको अपकमिङ फिल्म ‘की एन्ड का’ को ट्रेलर हेरेपछि लाग्छ, ‘करिनाले आफ्नो कमिटमेन्ट तोडिन् ।’ सैफले ट्रेलरमा किसिङ सीन देखेपछि के भने होलान् ? करिनाले भने अर्जुन कपुरले जबरदस्त किस गरेको बताएकी छन् । टे«लर हेर्दा करिना र अर्जुनले जबरजस्त नै किस गरेको आभाष हुन्छ । ट्रेलरमा दुवैको इन्टिमेट सीन्सले अहिले भारतीय मिडियामा चर्चा पाइरहेको छ ।

656
अहिले दुवैको किसिङ सीनका तस्विरहरु सोशल साइट्समार्फत लिक भएको छ । ट्रेलरमा करिना र अर्जुनले किसिङ मामिलामा रेकर्ड नै तोडेका छन् । फिल्मको ट्रेलरमा करिना र हीरो अर्जुन एक–अर्कामा ‘किस’ गर्छन् । फिल्मको ट्रेलरमा दुवैजनाको जर्बरजस्त केमिस्ट्री देखिन्छ ।

579-600x400
एक समाचारका अनुसार करिनालाई जब सैफले ट्रेलरमा किसिङ सीन देखेँ, त्यसपछि उनले रिएक्ट गरे । तर, करिना भने ट्रेलर देखेर एकदमै खुशी थिइन् । उनले उक्त ट्रेलर बिल्कुल फरक र मजेदार भएको बताएकी थिइन् । करिना र अर्जुनको जबरदस्त किसिङ सीनमाथि सैफले पनि आफ्नो रियाक्शन दिएका छन् । करिनाले यसबारे भनिन्, ‘सैफले अर्जुनलाई आफैले म्यासेज पठाएर ट्रेलर राम्रो लागेको सुनाए ।’

1168
यसअघि करिनाले ‘थ्री इडियट्स’ मा पनि आमिर खानसँग ‘किसिङ सीन’ गरेकी थिइन् । तर, सैफ अली खानसँग विवाह गरेपछि उनले ‘किसिंग सीन’ नगर्ने बताएकी थिइन् ।
निर्देशक आर. बाल्कीको यस फिल्ममा करिना पहिलोपटक मेट्रो सेन्ट्रिक क्यारेक्टरमा देखिँदैछिन् । उनी करपोरेट कम्पनीमा उच्च पदमा काम गर्ने भूमिकामा छिन् । यो फिल्म १ अप्रिलमा रिलिज हुँदैछ । फिल्ममा महानायक अमिताभ बच्चन र उनकी पत्नी जया बच्चन अतिथि भूमिकामा छन् ।

Comments