चार लाखमा राजु गिरीसँग नांगिदै अर्चना !
screennepal
प्रकाशित: २०७२, १० फाल्गुन सोमबार
no img

काठमाडौं । ‘पोर्न स्टार’ को सपना देख्ने अर्चना पनेरु राजु गिरीको हिरोइन बन्दैछिन् । उनी ‘पोर्न स्टार’ नबने पनि निर्देशक गिरीको हात परेपछि ‘अर्धनग्न’ भने पक्कै हुनेछिन् किनकि, गिरी नेपाली चलचित्र क्षेत्रमा ‘एडल्ट निर्देशक’ का रुपमा चिनिन्छन् ।

12042772_984605301597627_5568335116788619550_n
अर्चनाले केही महिनाअघि आफ्नो अर्धनग्न तस्बिर सार्वजनिक गरेपछि चर्चामा आएकी हुन् । त्यसपछि उनले म्युजिक भिडियोहरुमा अभिनय गरिसकेकी छन् । अर्चनालाई गिरीले चलचित्र ‘जिस्म’ मा हिरोइन बनाउन लागेका हुन् । यो चलचित्र १४ फागुनदेखि सुरु हुने बताइएको छ । चलचित्रमा निकै ‘हट एण्ड बोल्ड’ सीन हुने पनि बताइएको छ । निर्देशक गिरीले भनेस्तै ‘बोल्ड’ सीन दिनलाई अर्चनाले ४ लाख रुपैयाँ लिएको बताइन्छ । यो नेपाली हिरोइनका लागि धेरै पारिश्रमिक हो ।

archana 2
‘मै हुँ’ भन्ने हिरोइनले समेत यतिका रकम लिने गरेका छैनन् । तर, अर्चनाले भने ‘पोर्न स्टार’ बन्ने गफ दिएरै निर्देशक गिरीसँग ४ लाख लिन सफल भएको चर्चा चिया पसलतिर सुन्न थालिएको छ । यो कति सत्य त्यो चाहीँ थाहा छैन । यतिका रकम लिएपछि ‘कथाले मागेजति नै दिन तयार’ रहेको अर्चनाले बताएकी छन् । स्मरणीय कुरा, पोर्न स्टार सन्नी लियोनको बलिउड प्रवेश चलचित्र ‘जिस्म’बाटै भएको थियो । यता ‘पोर्न स्टार’ बन्छु भन्ने अर्चनाको पनि चलचित्र क्षेत्रमा प्रवेश ‘जिस्म’ बाटै हुँदैछ ।

aaa

Comments