अँगालोमा… इशा (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, १० फाल्गुन सोमबार
no img

चितवन । ‘मिस अरोमा–२०१३’ इशा प्रधान म्युजिक भिडियोमा डेब्यु गरेकी छन् । उनी अभिनित म्यूजिक भिडियो ‘अँगालोमा…’ बोलको गीत सार्वजनिक भएको छ । किरण भुजेलको संगीत र स्वरमा रहेको सो गीत ‘कथा काठमाण्डुको’ एल्बमको हो ।
म्युजिक भिडियोमा डेब्यु गरेकी चितवन नारायणगढकी इशाले यस गीतबाट धेरै अपेक्षा गरेको बताइन् । ‘मेरो करिअरको कुरा पनि हो यो’, उनले भनिन्, ‘उत्कृष्ट म्युजिक भिडियोको अफर आयो भने अरु पनि खेल्न तयार छु ।’  मोडल इशालाई अँगालोमा बाध्न सुदित श्रेष्ठले साथ दिएका छन् । अर्जुन तिवारीले खिचेको भिडियोलाई निकेश खड्काले निर्देशन र निशान घिमिरेले सम्पादन गरेका हुन् । सो गीतको शब्द रोशन भुजेलले लेखेका हुन् ।

Comments