हाई हील्समा अर्जुन र करिनाको यस्तो डान्स (Exclusive भिडियो)
screennepal
प्रकाशित: २०७२, १० फाल्गुन सोमबार
no img

मुम्बई, (एजेन्सी) । बलिउड अभिनेता अर्जुन कपूर र करिना कपूरको अपकिमङ फिल्म ‘की एण्ड का’ को गीत ‘हाई हील्स’ रिलिज गरिएको छ । यस गीतमा अर्जुनले हाई हील्स लगाएका छन् । यसअघि कुनै पनि हिरोले आफ्नो फिल्ममा हाई हील्स लगाएका थिएनन् । यस गीतको रचना कुमारले गरेका हुन् भने स्वर जैज धामी र अदिति सिंहले दिएका छन् ।
‘इश्कजादे’ र ‘टु–स्टेट्स’ मा रोमान्टिक भूमिका गरेर चर्र्चामा आएका अर्जुन ‘की एण्ड का’ मा करिना कपूर खानसँग एकदमै सामान्य र कम महत्वकांक्षा भएका पतिको चरित्रमा देखिँदैछन् । आफ्नो भूमिकाबारे अर्जुनले भने, ‘धेरैले एक साहसी कदम भनिरहेका छन् । तर, मलाई त्यस्तो लाग्दैन । जब कोही निर्देशकले आफ्नो क्षमता देखाउँछ, तब मैले पनि आफ्नो खुबी देखाउँने हो ।’ यस फिल्ममा १ अप्रिलमा रिलिज हुँदैछ ।

Comments