‘जय गंगाजल’ हेर्न प्रहरीलाई अपिल !
screennepal
प्रकाशित: २०७२, ९ फाल्गुन आईतवार
no img

लखनऊ । चर्चित फिल्म निर्माता तथा निर्देशक प्रकाश झाको फिल्म ‘जय गंगाजल’ ४ मार्चमा रिलिज हुँदैछ । निर्देशक झाले यस फिल्मबाट उत्तर प्रदेशका प्रहरीलाई सबक सिक्न अपिल गरेका छछन् । ‘जय गंगाजल’ पूरै प्रहरीको कार्यशैलीमा आधारित छ । फिल्ममा समाजका लागि काम गरेपनि आखिर प्रहरीको छवि किन जनतबीच छवि छ भन्ने देखाइएको छ ।

Jai-gangaajal
यस फिल्ममा यस्तो पनि देखाइएको छ कि प्रहरीको कमाइ थोरै हुने र त्यसबाछट उनीहरु असन्तुष्ट छन् । निर्देशक झाले प्रहरीलाई पत्र लेख्दै फिल्म बनाउनको कारण पनि बताएका छन् । उनले पत्रसँगै प्रहरीलाई फिल्मको प्रोमो सीडी पनि पठाएका छन् । झाको पत्र पाएपछि प्रहरीले फिल्म हेर्न उत्साह देखाएको बताइएको छ । यसबारे एडीजी ‘कानून–व्यवस्थापक’ दलजीत चौधरीले भने, ‘प्रकाश झाले थानेदार प्रहरीलाई फिल्म हेर्न अपिल गरेका छन्, जुन राम्रो कुरा हो ।’

Comments