प्रज्ञामा मातृभाषा दिवशको रौनक (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७२, ९ फाल्गुन आईतवार
no img

IMG_0854

तस्बिर : एमपी सुब्बा

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा आइतबार बेग्लै रौनकता झल्किएको थियो । विभिन्न जातजातीका झाँकी तथा नृत्यले परिसर रंगिएको थियो । सन्दर्भ थियो, ‘अन्तराष्ट्रिय मातृभाषा दिवस–२०१६’ को । प्रतिष्ठानबाट रत्नपार्क, प्रदर्शनीमार्ग, पुतलीसडक हुँदै प्रतिष्ठानसम्म प्रभातफेरी गरी सुरु गरिएको महोत्सवमा विभिन्न जातजातिले आ–आफ्नो जातीय पहिचान झल्किने पोशाकमा नाचगान प्रस्तुत गरेका थिए ।

IMG_0869
प्रतिष्ठानले राष्ट्रिय मातृभाषा कविता महोत्सव गरेको यो पाँचौं पटक हो । महोेत्सवको राष्ट्रपति विद्या भण्डारीले उदघाटन गरेकी थिइन् । एक दिने महोत्सवमा ५३ वटा मातृभाषामा ५३ वटा कविता प्रस्तुत गरिएका छन् । प्रतिष्ठानले १ सय ४ वटा कविताबाट छानेका ५३ वटा कविता सम्बन्धित कवि र कवयित्रीले महोत्सवमा प्रस्तुत गरे । महोत्सवमा प्रस्तुत कवितालाई पुस्तकको रुपमा प्रकाशित गरिने प्रज्ञा प्रतिष्ठानले जनाएको छ । कार्यक्रममा कवि तथा कवयित्रीले आ–आफ्नो कविता वाचन गरेका थिए । महोत्सवमा राष्ट्रपति विद्यादेवी भण्डारीले भाषाका आधारमा नेपाल निकै समृद्ध रहेको बताउँदै सबै जातजातिको भाषा संरक्षणमा राज्यले उचित ध्यान दिनुपर्ने बताइन् ।

IMG_0841

साहित्यकार वैरागी काईंलाले आफू प्रतिष्ठानको कुलपति हुँदा ०६८ सालमा मातृभाषा कविता महोत्सव सुरु गरेका थिए ।

IMG_0846 IMG_0837 IMG_0825 IMG_0817

IMG_0858

Comments