दिल टुटाएर दिल जोड्दै बिपाशा !
screennepal
प्रकाशित: २०७२, ८ फाल्गुन शनिबार
no img

मुम्बई । एक समय अभिनेता जोन अब्राहमसित दिल टुटाएकी बलिउड अभिनेत्री बिपाशा बसु अब चाँडै बिहे गर्दैछिन् । समाचारमा बताइएअनुसार आगामी मार्च महिनामा उनको करण सिंहसँग इन्गेजमेन्ट हुँदैछ । बिहे कहिले भन्नेचाहिँ त्यसपछि मात्रै थाहा हुनेछ । करण सिंह र उनकी पत्नी जेनिफर विन्गेटको सम्बन्धविच्छेद पूरा नभइसकेकाले बिपाशाले तत्कालै बिहेको मिति घोषणा गर्न नपाएको बताइन्छ ।

Bipasha
मार्चमा उनीहरुको अनौपचारिक रुपमा बिहेको घोषणा गर्न सक्ने बताइएको छ । जेनिफर र करणबीचको सम्बन्धविच्छेद मुद्दा अहिले अदालतमा छ । जसको चाँँडै अन्तिम फैसला हुँदैछ । विपाशा र करणका नजिकका साथीले सार्वजनिक उनीहरुको ‘इन्गेजमेन्ट’ योजना सार्वजनिक गरेका हुन् । तर, विपाशाले भने ‘इन्गेजमेन्ट’मा विश्वास नलाग्ने भन्दै आफ्नो बिहे भएपछि एकैपटक दुनियाँले पत्तो पाउने बताएकी छन् ।

Comments