यस्ता छन् शर्ट फिल्म ‘सिंगल एक्स’ को तीन पोस्टर
screennepal
प्रकाशित: २०७२, ८ फाल्गुन शनिबार
no img

single 1

मुम्बई । बलिउडका चर्चित निर्देशक रामगोपाल वर्माको अपकमिङ शर्ट फिल्म ‘सिंगल एक्स’ को तेस्रो लुक रिलिज भएको छ । रामगोपालले आफ्नो ट्विटर अकाउन्टमार्फत यसको पोस्टर रिलिज गरेका हुन् । यस पछिल्लो लुकमा एक महिला क्रिकेट हेरिरहेको देखिन्छिन् । उनले कुनै प्रकारको लुगा लगाएकी छैन । यसअघि रिलिज भएको ‘सिंगल एक्स’ को दुवै पोस्टर पनि एकदमै बोल्ड थियो । यी पोस्टर हेर्दै लाग्छ, उक्त शर्ट फिल्म पक्कै बोल्ड हुनेछ । पोस्टर सार्वजनिक गर्दै निर्देशक रामगोपालले सेन्सर बोर्डलाई ब्यंग्यामक रुपमा भनेका छन् ‘शर्ट फिल्म सिंगल एक्स सेन्सर बोर्डप्रति समर्पित छ ।’

single 2

रामगोपाल वर्माले सत्या, सरकार, रक्त चरित्र र विरप्पन जस्ता हट फिल्म बनाइसकेका छन् । उनी भन्छन्, ‘आरजीवी टाकीजमा जो फिल्म रिलिज हुन्छ, त्यो इराटिक, क्राइम, हरर जेनरको हुन्छ ।’ -Agency

single

Comments