‘वीर विक्रम’को शो हङकङबाट सुरु हुने
screennepal
प्रकाशित: २०७२, ७ फाल्गुन शुक्रबार
no img

काठमाडौं । चाम्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित चलचित्र ‘वीर विक्रम’को फस्ट लुक र क्यारेक्टर पोष्टर रिलिजसँगै विदेश शोको मिति समेत सार्वजनिक गरिएको छ । यो चलचित्रको प्रिमियर मार्च २८ मा हङकङमा भव्य प्रिमियर गरिन लागेको निर्देशक तथा निर्माता मिलन चाम्सले बताए । यस्तै, अप्रिल २ तारिखमा चलचित्रको भव्य शो बेलायतमा गरिने जनाइएको छ ।

6-sheeter_final
यो चलचित्र निर्माणको समयदेखि नै चर्चामा रहेको छ । यसअघि मिलनले बनाएको चलचित्र ‘हँसिया’ले नेपाली चलचित्र क्षेत्रमा मात्र नभएर विभिन्न देशमा पनि खुबै चर्चा पायो । लभ, एक्सन र कमेडी जनराको यो चलचित्रमा शिवप्रसाद राई, गायिका अनिला राई, पृथ्वी राई, वेनिशरा राई सह–निर्माता रहेका छन् । चलचित्रमा दयाहाङ राई, अर्पण थापा, अनुप विक्रम शाही, दिया पुन, नाजिर हुसेन, विवेक लिम्बु, शिशिर राना र वसन्त भट्ट मुख्य भूमिकामा छन् ।
ताराप्रकाश लिम्बुको संगीत, रेनशा वान्तवा राईको कोरियोग्राफी, सम्राट बस्नेतको एक्सन, अर्जुन जिसीको सम्पादन र राज कुमार केसीको चलचित्रमा छायांकन छ । चलचित्रको कथा यम थापाले लेखेका हुन् ।
यसपटक चलचित्र निर्माणमा वहुतै मिहिनेत गरिएको भन्दै निर्देशक चाम्सले दयाहाङ राइदेखि अर्पण र अनुप विक्रम शाहीलाई फरक गेटअपमा प्रस्तुत गरेको बताए । यो चलचित्रमा दयालाई एक्सन, कमेडीदेखि नृत्य गर्दै गरेको अवस्थामा देखिने मिलनको दावी छ ।

Comments