मन परेको मान्छेलाई यो गीत सुनाउँनुस् (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, ६ फाल्गुन बिहीबार
no img
anila rai 123

Anila Rai, Singer

काठमाडौं । जस्तोसुकै होस्, आफूले मन पराएको मान्छे संसारकै सुन्दर लाग्छ अनि ती सुन्दर मान्छे सधैं आफ्नो आँखैमा छाइरहोस् कसलाई नहोला र ? हो, यस्तै भावमा छ, ‘मेरो नजर भन्दा पर नजानु है सानु…’ । यो गायिका अनिला राईको पछिल्लो एल्बम ‘स्वरांकन’मा संगृहीत गीत हो, जसमा अनिला राई र संगीतकार ताराप्रकाश लिम्बूको माधुर्य स्वर छ । यस गीतले आत्मियताप्रति त जोडेको छ नै, कतै बाचा तोडिने पो होकि भन्ने त्रासलाई जोड्दै कसम खानसमेत आग्रह गरिएको छ । हाल सञ्चारमाध्यममा चर्चा पाइरहेको यसको म्युजिक भिडियोलाई मिलन चाम्सले निर्देशन गरेका हुन्, जसमा बेनिशा हमाल र अनुपको सुन्दर अभिनय हेर्न सकिन्छ । तपाईहरुले पनि आफूलाई मन परेको मान्छेलाई यो गीत सुनाउन सक्नु हुनेछ । जसले अझ नजिक हुन मद्दत गर्नेछ भन्ने लागेको छ । एकपटक भिडियो र गीत सुनेर शेयर गर्न सक्नु हुनेछ ।

Comments