आफ्नै फिल्म जुधाउँदै राजु र शुभेच्छा
screennepal
प्रकाशित: २०७२, ५ फाल्गुन बुधबार
no img

काठमाडौं । निर्माता/निर्देशकले अरुका सँग आफ्नो चलचित्र जुधाउँनु सामान्य हो । नेपाली चलचित्र क्षेत्रमा चलचित्र जुधाउँने त प्रवृतिजस्तै भएको छ । तर, निर्देशक राज गिरीले भने आफ्नै चलचित्र जुधाउँदैछन् । आगामी चैत १९ गते दुई नेपाली चलचित्र लाग्दैछ, ‘मखमली’ र ‘डिल्ली राम’ । यी दुवै चलचित्रको निर्देशक राजु गिरी हुन् भने मुख्य नायिकामा शुभेच्छा थापा छन् । ‘मखमली’ अभिनेत्री शुभेच्छाको आफ्नै निर्माण भएको चलचित्र पनि हो । तर, राजु र शुभेच्छाले आफ्नो भनेनन्, चैत १९ मा यी दुई चलचित्र रिलिज हुने पक्का भइसकेको छ ।

dilliranm

चलचित्र ‘मअमली’ मा निर्देशकमा राजु गिरि नभए पनि फिल्म बाइै राजु गिरी लेखिएको छ । तर, जे भने पनि यस चलचित्रलाई उनैले निर्देशन गरेका हुन् । यस सन्दर्भमा राजुले भने, ‘वितरक फरक हुन् र निर्देशक पनि ।’

makhamali-screennepal
आफू अभिनीत चलचित्र ‘बिन्दास–३ ’ रिलिज भइरहेकै बेला शुभेच्छाले ‘मखमली’ को प्रर्दशन मिति सार्वजनिक गरेका हुन् । चलचित्रमा शुभेच्छाकै प्रस्तुती रहेको छ । चलचित्र ‘मखमली’ निर्माणअघि नै चर्चामा आएको हो । चरिमाया तमाङको जीवनी आधारित चलचित्र भनिएकाले ‘मखमली’ले निर्माण समयमै चर्चा पाएको हो । तर, शुभेच्छाले भने यो चलचित्र पूरै चरिमाया तामाङको जीवनीमा केन्द्रीत नरहेको बताएकी छन् । तर, उनले यो चलचित्र सत्य घटनामा आधारित भएको दावी गरेकी छन् ।
चलचित्र ‘मखमली’ मा चेलीबेटी बेचबिखनको मुद्दालाई उठाइएको बताइएको छ । ‘मखमली’ मा शुभेच्छाले समाजसेवी अर्थात् चरिमायाको भूमिका निर्वाह गरेकी छन् । शुभेच्छाकै कथा रहेको यस चलचित्रलाई राजु गिरीले निर्देशन गरेका हुन् ।

Comments