चलचित्र निर्माणमा अब मोनिका
screennepal
प्रकाशित: २०७२, ३ फाल्गुन सोमबार
no img

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा महिला निर्मात्री नगन्यमात्र छन् । लगानीकर्ताका रुपमा केही महिला भएपनि पछिल्लो समय हराउँदै गएका छन् । तर, यसैबेला मोनिका बस्नेत भने निर्माण क्षेत्रमा देखिएकी छन् । उनी चलचित्र ‘नरसिम्हा’ मार्फत निर्मात्रीका रुपमा देखिन लागेकी हुन् ।

monika basnet

मोनिका बस्नेत

कानुन व्यवसायिक (लेखापढी) समेत रहेकी मोनिका निर्मित चलचित्र ‘नरसिम्हा’ मंगलबारबाट फ्लोरमा जाँदैछ । यसअघि मोनिका समाजसेवीका रुपमा चिनिन्थिन्् । निर्माणमा हात हालेसँगै आफ्नो परिचय थप्न लागेकी मोनिकाले ‘नरसिम्हा’ समाज सुहाउँदो विषयवस्तुमा आधारित चलचित्र भएको बताइन् ।

monika & narendar
एस.टु क्रियशनको ब्यानरमा नरेन्द्र केसीको प्रस्तुतीमा निर्माण हुन लागेको ‘नरसिम्हा’ को छायांकन पोखराबाट सुरु हुँदैछ । मोनिका चलचित्र क्षेत्रमा नौलो भएपनि नरेन्द्र भने दुई दशकयता यसै क्षेत्रमा सक्रिय छन् । फाइटरका रुपमा क्रियाशील नरेन्द्र यसै चलचित्रबाट पहिलोपटक प्रस्तुतकर्ता बनेका हुन् ।
गजेन्द्र रञ्जितले निर्देशन गर्ने यस चलचित्रमा किशोर खतिवडा, सञ्जु खतिवडा, दुर्गेश थापा, नरेन्द्र केसी, नम्रता योगी, धुव्र कोइरालाका साथै निर्माता तथा नायक सुनिल श्रेष्ठको पनि अभिनय निर्माणपक्षले जनाएको छ ।

Comments