सकियो प्रदर्शनी : पाठकले रुचाए ‘फिक्सन’ र ‘आत्मकथा’
screennepal
प्रकाशित: २०७२, २ फाल्गुन आईतवार
no img

काठमाडौं । ‘पढौं र पुस्तक संस्कृतिको विकाश गरौं’ भन्ने मूल नाराका गत २१ माघबाट सुरु भएको तेस्रो पुस्तक प्रदर्शनी आइतबारबाट सकिएको छ । राजधानीको भृकुटीमण्डपमा ११ दिन आयोजना भएको प्रदर्शनीमा एक लाख भन्दाबढी पाठकले अवलोकन गरेको आयोजक डिकुरा प्रकाशनमा प्रमुख तथा प्रदर्शनी संयोजक एवं साहित्यकार पुण्यप्रसाद प्रसाईले बताए । आफुले सोचेभन्दा बढीले प्रदर्शनीबाट लाभ उठाएको उनको भनाइ छ ।

20160209_143339

प्रदर्शनीमा ४५ लाखभन्दा माथिका पुस्तक बिक्री भएका छन् । तीमध्ये फिक्सन, सेल्फहेल्थ, आत्मकथा र जीवनीसम्बन्धी पुस्तक बढी बिक्री भए । ‘प्रदर्शनीले पाठक, लेखक र प्रकाशकबिच सिधै सम्पर्क गराउने कामसमेत गरेको छ ।’
प्रदर्शनीमा एकसय भन्दाबढी प्रकाशकका दशौं हजार पुस्तक राखिएका थिए । नेपालीका साथै अंग्रेजी तथा हिन्दी भाषाका नयाँ र संकलन योग्य क्लासिकल पुस्तकहरु पनि उपलब्ध थिए । प्रदर्शनीमा १५ देखि ४० प्रतिशत छुटमा पुस्तकहरु उपलब्ध गराइएको थियो । प्रत्येकदिन लेखक साक्षात्कार कार्यक्रम समेत राखिएको प्रदर्शनीमा लेखक, साहित्यकार, कलाकार, राजनीतिकर्मी, राजदूत, बैंकर, प्रशासक, शिक्षाविद्, समाजसेवी, आमसञ्चारकर्मी, आध्यात्मिक व्यक्तित्व र विविध पेशाकर्मीहरुको उपस्थिति बाक्लो रहेको बताइएको छ ।
विभिन्न साहित्यिक संघ संस्थाहरु, पुस्तक प्रकाशन संस्थाहरु, पुस्तक प्रेमी पाठकहरु तथा नयाँ र पुराना पुस्ताका लेखकहरुलाई एउटै थलोमा जम्मा गराउनु प्रदर्शनीको उदेश्य हो । आफ्नो उदेश्य पुर्ती भएको आयोजकको भनाई छ । प्रदर्शनीमा पाठकलाई ध्यानमा राखेर विभिन्न उमेरसमूहले रुचाउँने पुस्तकहरु थिए ।

Comments