प्रेमजोडीलाई सिर्जनाको ‘हाउडे माया’ (भिडियो)
screennepal
प्रकाशित: २०७२, २ फाल्गुन आईतवार
no img

काठमाडौं । गीति एल्बम ‘हाउडे माया’मार्फत संगीत क्षेत्रमा स्थापित हुने क्रममा रहेकी गायिका हुन् सिर्जना खत्री । उनी एउटा राम्रो स्टेज पर्फर्मर पनि हुन् । एल्बम रिलिज हुनुअघि नै नेपालको विभिन्न ठाउँमा र इण्डिया गरी पचासभन्दा बढी स्टेजमा प्रस्तुति दिइसकेकी सिर्जना गीत पनि लेख्छिन् । उनी एक समय सगरमाथा टेलिभिजनमा भिजे थिइन् । उनै सिर्जनाले ‘हाउडे माया’ नामक भिडियो ‘भ्यालेन्टाइन–डे’को अवसर पारेर सार्वजनिक गरेकी छन् । भिडियोमा बिनु खड्का र बिनोदले अभिनय गरेका छन भने सिर्जना आफै पनि भिडियोमा देखिएकी छन् । यस भिडियोलाई विशाल भण्डारीले निर्देेशन गरेका हुन् । सिर्जना भन्छिन्, सम्पूर्ण प्रेमजोडीलाई मेरो तर्फबाट उपहारस्वरुप ‘हाउडे माया’ रिलिज गरेको हुँ ।’

Comments