विदेशबाट मायालुलाई सम्झिनेका लागि ‘सम्हाली राखे…’ (भिडियो)
screennepal
प्रकाशित: २०७२, १ फाल्गुन शनिबार
no img

काठमाडौं । प्रेम दिवशको रुपमा लिइने ‘भ्यालेन्टाइन–डे’ को मौका पारेर गायक लोकेन्द्र बोहोराले आफ्नो गीत ‘सम्हाली राखे’ सार्वजनिक गरेका छन् । लोकेन्द्रको यो पहिलो लोकआधुनिक गीत हो । गीतको भिडियोमा माया पे्रममा रहेका जोडी कतै टाढा भएको बेला प्रदेशबाट मायालुलाई फुलजस्तो जोवन समाली राख्न भनिएको छ । यो गीत लोकेन्द्रले वैदेशिक रोजगारीबाट नेपाल आएका बेला रेकर्ड गराएका हुन् ।
यस गीतमा शब्द तथा संगीत नाट्यकर्मी भोला अधिकारीको रहेको छ । गीत अनुसार म्युजिक भिडियो पनि राम्रो बनेको र एकपटक हेरिदिन गीतकार अधिकारीले आग्रह गरेका छन् । गायक लोकेन्द्र भने रोजगारीका लागि कतार बस्दै आएका छन् । यसको म्युजिक भिडियोलाई अर्जुन थापा ‘अविरल’ले निर्देशन गरेका हुन् । भिडियोमा निरज न्यौपाने र बर्षा खड्काले अभिनय गरेका छन् ।

https://www.youtube.com/watch?v=lJr1N9E-in4

Comments