…. चर्चापछि फेरि ‘जिरो’मै सिर्जना !
screennepal
प्रकाशित: २०७२, १ फाल्गुन शनिबार
no img

एमपी सुब्बा

काठमाडौं । उनी फेरि नयाँकी भएकी छन् अर्थात् सयबाट उनी उही जिरोमै । कलाकारितामै करिअर बनाउने अभिलाषाले मोफसल कमाएको चर्चालाई समेत तिलाञ्जली दिन तयार भइन् उनी अर्थात् पूर्वकी चर्चित मोडल तथा अभिनेत्री सिर्जना निङ्लेखु । अहिले उनै सिर्जना यो महानगरीमा नयाँ अनुहारका रुपमा देखिँदैछिन् । ‘म त फेरि जिरोमै आएँ नि’ डेढ दर्जनभन्दा बढी म्युजिक भिडियो र केही चलचित्रमा समेत अभिनय गरिसकेकी सिर्जनाले सुनाइन्, ‘पूर्वमा त म चर्चित नै थिएँ । तर, राजधानीमा त नयाँ भएँ ।’

12722014_1037832059613528_1026558532_n
सिर्जना पूर्वी नेपालमा चर्चित मोडल हुन् । आमसञ्चारमा आवद्ध हुँदै झापाबाट मोडलिङ दुनियाँमा करिअर प्रारम्भ गरेकी सिर्जनाको लक्ष्य एक कुसल कलाकार बन्ने हो । त्यही सपना र उद्देश्यको पल्लाभारीसहित उनी राजधानी छिरेकी हुन् । हाल पुरानो बानेश्वरस्थित एक्टर्स स्टुडियोमा अभिनय अनुप बरालसँग अभिनय प्रशिक्षण लिइरहेकी सिर्जना भन्छिन्, ‘म मा केही सम्भावना पाएरै राजधानी आएकी हुँ । र, सिकेरै अगाडि बढ्दा राम्रो होला भन्ने सोचले एक्टिङ क्लास लिन थालेकी हुँ ।’

srijana 1
हुन त राजधानीमा बसेर कलाकारिता गर्न सजिलो भने छैन । सिर्जनाजस्तै सयौं युवा–युवती मिठो सपना लिएर राजधानीमा संघर्ष गरिरहेका छन् । संघर्षमा कोही सफल भएका छन् भने कतिपय विलाएका उदारण छन् । अस्वस्थ्य प्रतिस्पर्धाका कारण कला र प्रतिभा भएकाहरु समेत यो भीडमा हराइरहेका छन् । यही भीडमा स्पर्धा गर्न आएकी सिर्जनाका लागि पनि राजधानी चुनौती नै छ । तर, सिर्जनालाई अन्य बजारमा आइरहेका नयाँ अनुहारसँग दाँज्नचाहिँ मिल्दैन । उनीमा पूर्वमै कमाएको छुट्टै पहिचान छ अनि कला र आत्मविश्वास पनि । त्यसैले त उनी भन्छिन्, ‘प्रतिस्पर्धा गरेर अगाडि बढ्नुको मज्जा नै छुट्टै हुन्छ । यसो भनेर मलाई अस्वस्थ्य प्रतिस्र्धा मन पर्दैन । आफ्नो कला र शीपले अगाडि बढ्ने हो । त्यो मसँग छ ।’

ssss
यहाँसम्म आइपुग्नमा आफ्नै प्रयास भएको सिर्जना बताउँछिन् । ‘सुरुमा मलाई घरबााट समेत सर्पोट थिएन’, सिर्जनाले भनिन्, ‘तर अहिले आएर घरपरिवारबाट पनि सपोर्ट पाएकी छु । तर, यहाँसम्म आफ्नै प्रयासले आइपुगेकी हुँ ।’
आफूलाई कला क्षेत्रमा अब्बल बनाउन अभिनयको प्रशिक्षण लिइरहेकी सिर्जनालाई केही ठूला ब्यानरको चलचित्रमा समेत प्रस्ताव आइसकेको छ । अभिनयको प्रशिक्षण सक्नेवित्तिकै उनी राजधानीमा व्यस्त हुने भएकी छन् । सिर्जनाले भनिन्, ‘एउटा राम्रो ब्यानरमा काम गर्ने निश्चित भइसकेको छ । तीन महिने मेरो अभिनय कोर्ष हो, एक महिना हुन लाग्यो । कोर्ष सक्नेवित्तिकै चलचित्रमा व्यस्त हुनेछु ।’

ss
सिर्जनाले यहाँसम्म आफूलाई भाग्यमानी समेत ठानेकी छन् । पछिल्लो समय नेपाली चलचित्रका मंगोलियन अनुहार बिक्न थालेपछि उनले आफूलाई भाग्यमानी ठानेकी हुन् । हुन पनि कुनै समय मंगोलियन अनुहार लिँदा चलचित्र नै चल्दैन भन्ने चलचित्रकर्मीमा मानसिकता थियो । तर, अहिले भने मंगोलियन अनुहार नै बढी बिक्न थालेको छ । ‘म मंगोलियन अनुहारकी छु’ सिर्जनाले भनिन्, ‘तैपनि मलाई चिन्ता छैन किनकि, पहिलेजस्तो अहिले छैन ।’ सिर्जनलाई काममा विश्वास छ । शिप र कला भएपछि अगाडि बढ्न सकिन्छ भन्ने सिर्जनाको मान्यता हो ।
तर, नेपाली चलचित्र नगरी चाकरी र चाप्लुसी प्रवृतिबाट ग्रसित छ । तर, सिर्जनालाई यस्तो प्रवृति पटक्कै मनपर्दैन । ‘कामबाहेक मान्छेहरुलाई किन भेटिरहनु ?’ सिर्जना भन्छिन्, ‘यसोभन्दा मलाई कतिले यो घमण्डी केटी समेत भन्ने गरेका छन् । तर, वास्तवमा म घमण्डी छैन ।’ कला र कामको सम्मान हुनपर्ने सिर्जनाको तर्क छ । तर, कला क्षेत्रमा सबैको सोच कहाँ यस्तो हुन्छ र ? सिर्जनाको जस्तै अरुको पनि सोच भएदिए चलचित्र क्षेत्र यो अवस्थामा गुज्रिरहन पर्दैनथ्यो ।

Comments