प्रिमियरमा मन पराइयो ‘प्रेमगीत’
screennepal
प्रकाशित: २०७२, २८ माघ बिहीबार
no img

काठमाडौं । सार्वजनिक प्रदर्शनको एक दिनअघि चलचित्र ‘प्रेमगीत’को बुधबार साँझ राजधानीमा भब्य प्रिमियर गरिएको छ । यही शुक्रबारबाट अलनेपाल रिलिज हुन लागेको यो चलचित्रले उपस्थित दर्शक तथा मिडियाकर्मीको मन छुन सफल भएको थियो । प्रेमकथामा आधारित ‘प्रेमगीत’को निर्देशन सुदर्शन थापाले गरेका हुन् । चलचित्रमा अभिनेता प्रदीप खड्का र अभिनेत्री पुजा शर्माको अभिनयले ‘प्रेमगीत’ साँच्चीकै प्रेमगीत बनेको छ ।

pradip-and-puja
गीतसंगीतका रिलिज कारण अगावै चर्चा आएको यो चलचित्र हेर्न जय नेपाल सिनेमा हलमा चलचित्रकर्मी र पत्रकारको भीड लागेको थियो । निर्देशक थापाले ‘मेरो एउटा साथी छ’ पछि प्रेमकथामा यस चलचित्रमार्फत फर्किएका छन् । सन्तोष सेनको निर्माण रहेको यस चलचित्रलाई युवापुस्तालाई लक्षित गरिएको छ । ‘भ्यालेनटाइन–डे’ अर्थात् प्रेम दिवसको मौका पारेर रिलिज गरिन लागेको यस चलचित्रलाई दर्शकले मन पराउने विश्वास गरिएको छ ।

Comments