कट्रिनासँग सलमान नजिकिएपछि लुलियालाई टेन्सन
screennepal
प्रकाशित: २०७२, २७ माघ बुधबार
no img

मुम्बई । ‘भ्यालेनटाइन–डे’ अर्थात् प्रेम–दिवश नजिकिँदै गर्दा बलिउड अभिनेता सलमान खानसँग नाम जोडिएकी लुलिया वन्तूर भने टेन्सनमा छिन् । लुलिया बलिउडमा सलमानको गर्लफ्रेन्डका रुपमा चिनिन्छिन् । तर, पछिल्लो केही दिनयता सलमान र कट्रिनाको नाम चर्चामा आउन थालेपछि लुलियालाई टेन्सन भएको हो । जब, कट्रिनाको अभिनेता रणवीर कपुरसँग ‘ब्रेकअप’ भयो, तब सलमान नजिकिए । हुन त कट्रिनासँग सलमानले यसअघि नै रोमान्स गरिसकेका हुन् । उनीहरु ‘एक्स प्रेमी–प्रेमिका’ हुन् ।

salman-katrina-580x395
तर, लुलियाले सलमानसँग विताएका बिताएका दिनहरु कसरी पो बिर्सन सक्लिन् र ? तैमाथि एक्स–गर्लफ्रेन्ड कट्रिनाका साथ सलमानको बढ्दो फ्रेन्डशिपले त लुलियालाई रिस उठ्ने नै भयो । लुलियालाई टेन्सन हुन स्वभाविक पनि हो किनकि, केही वर्षयता उनी निरन्तर सलमानसँग जोडिदै आएकी थिइन् । तर, अहिले फेरि उनको स्थान कट्रिनाले लिएकी छन् ।
हालै एक टिभी रियालिटी शोमा कट्रिना आफ्नो फिल्म ‘फितूर’ को प्रमोशनका लागि गएकी थिइन् , जहाँ सलमान पनि उनलाई सर्पोट गर्न पुगेका थिए । तर, सलमानकी गर्लफ्रेन्डले यसलाई खाशै गम्भीर रुपमा लिइनन् । जब, सलमान र कट्रिना हरेक दिनजसो सँगै देखिन थाले, तब लुलियाको दिमागमा पारो चढ्न थालेको हो ।
एक किसिमले लुलियालाई सलमान–कट्रिनाको बढ्दो मित्रताले केही प्रोब्लम नभएको पनि बताइन्छ किनकि, लुलियालाई दंबग खानमाथि पूरै विश्वास छ । त्यसैले मन थाम्ने प्रयाससमेत गरिरहेकी छन् । केही समयअघि सलमानसँग लुलिया बिग बोस कटेजमा देखिएकी थिइन् । उक्त तस्बिर लुलियाले सामाजिक सञ्जालमा पनि पोस्ट गरेकी थिइन् । उक्त तस्बिरसँग उनले पोष्ट गरेकी थिइन्, ‘चाँडै म खान परिवारमा सहनाई बजाएर जाँदैछु ।’ सो कुराले सलमान र लुलियाका फ्यान खुसी भएका थिए । (Agency)

Comments