मिडियाप्रति प्रीतिको आक्रोश, ‘मलाई एक्लै छोड्देउ’
screennepal
प्रकाशित: २०७२, २७ माघ बुधबार
no img

मुम्बई, एजेन्सी । पछिल्लो केही दिनयता बलिउड अभिनेत्री प्रीति जिन्टा विवाहको खबरले चर्चामा छिन् । तर, यी अभिनेत्री आफ्नो विवाहको समाचारलाई लिएर मिडियासँग भड्केकी छन् । उनले बजारमा फैलाइएको खबरलाई ‘हल्लामात्र’ बताएकी छन् । केही दिनअघि मिडियामा ‘प्रीति ब्वोयफ्रेन्ड जीन गुडएनफसँग यसै महिनाभित्र विवाह गर्दैछिन्’ भन्ने समाचार आएको थियो । उक्त समाचारको प्रतिक्रिया प्रीतिले ट्विटरमार्फत दिएकी छन् ।

preity-zinta
प्रीतिले ट्विटरमा आफ्नो नीजि जीवनमा चासो राख्नेप्रति मिडियाप्रति रोष प्रकट गरेकी छन् । प्रीतिले लेखेकी छन्, ‘के तपाईहरु नै मेरो विवाहको घोषणा गर्नुहुन्छ ? आखिर यो मेरो जीवन हो । त्यसैले मलाई एक्लो छोड्देउ ।’
प्रीतिले अर्को पनि ट्वीट गरेकी छन्, ‘वास्तवमा म आफ्नो नीजि जिन्दगीलाई लिएर चलाइएको हल्लाप्रति दिक्दार भइसकेकी छु । . मिडियालाई कसरी यस्तो कुरा थाहा हुन्छ । यस्तो नचाहिँदो खबर लेख्न छाड्नु जरुरी छ ।’ सन् २०१५ को आईपीएल फाइनल खेलको दौरानमा पनि प्रीति र जीनसँगै देखिएका थिए । तर, विवाहको कुरा मिडियाले उठाउँने वित्तिकै प्रीति भड्किने गरेकी छन् ।

Comments