आर्ट ग्यालरीमा ‘नेपालमा पाइने चराहरु’
screennepal
प्रकाशित: २०७२, २६ माघ मंगलवार
no img

काठमाडौं । ‘नेपालमा पाइने चराहरु’को विषयलाई लिएर १७ वर्षे कलाकार मनिका डंगोलको एकल चित्र प्रदर्शनी नेपाल आर्ट काउन्सिलमा मंगलबारबाट सुरु भएको छ । रंगीविरंगी चराहरुलाई कलात्मक रुपमा उतारेर मनिकाले आफ्नो प्रतिभाको परिचय दिने खालका चित्र प्रदर्शनीमा राखिएको छ ।

IMG_8726
प्रकृतिका सुन्दर सिर्जना चराहरुको चित्र बनाएको कलाकार मनिकाले बताइन् । ‘चरा यस संसारका सबै स्थानमा पाइन्छ, तर मैले नेपालमा पाइने चराहरुलाई नै आफ्नो कलाको रुपमा छानेको हुँ’ मनिकाले थपिन् ।
३ दिनसम्म चल्ने प्रदर्शनीमा उनले नेपालमा पाइने विभिन्न प्रजातिका चराको यथार्थ रुपलाई चिनाउने प्रयत्न गरेकी छन् । डाँफे, मुनाल, कोइली लगायत दुई दर्जन बढी चराहरु बनाएकी छन् । उनले स्कूल पढदादेखि नै कलामा लागेको उनका कलाकार बाबु जगदिशश्वर मान डंगोलले बताए । ‘मनिकाले ९ वर्षको उमेरदेखि नै चित्र बनाउन थालेकी हुन् । उनमा कलाप्रतिको लगाव देखेर हामीले आवश्यक वातावरण बनाउन सहयोग गरेका हौं ।’

IMG_8738
संस्कृतिविद् सत्यमोहन जोशीले किशोरी मनिका डंगोलको नेपाली चराहरुको परिचय प्रस्तुत गर्ने एकल प्रदर्शनी उदाहरणीय र दर्शनीय भएको उल्लेख गरेका छन् । प्रदर्शनीको क्यूरेटर श्यामकृष्ण मर्हजनले मनिकामा चित्रप्रतिको लगाव र प्रतिभाको जति प्रशंसा गरेपनि नपुग्ने बताए । उनले थपे, ‘मनिका सानैदेखि कला क्षमता लिएर जन्मिएकी प्रतिभा हुन्, उनलाई माझ्न र अझ उत्कृष्ट कला रचना गर्ने वातावरणको आवश्यकता रहेको छ ।’

Comments