सुशीलको राजनीति बाध्यता थियो, उनी फिल्मको ‘हिरो’ बन्न चाहन्थे !
screennepal
प्रकाशित: २०७२, २६ माघ मंगलवार
no img

तत्कालीन राजा महेन्द्र वीरविक्रम शाहले २०१७ सालमा जननिर्वाचित सरकारको अपदस्थ गरेसँगै कोइरालाको सपना पनि तुहिएको थियो । त्यतिबेला कोइराला कांग्रेसका सामान्य सदस्यमात्रै थिए । राजनीतिक भविष्यबारे न उनले कल्पना गरेका थिए, न त नेता बन्ने नै । भर्खरका लक्का जवान उनले रंगमञ्चको ‘हिरो’ बन्न चाहन्थे, त्यो पनि हलिउडको । त्यसका लागि उनले प्रारम्भिक तयारी समेत गरिसकेका थिए ।

स्क्रीन नेपाल ब्यूरो

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइराला अब हामीमाझ रहेनन् । उनले मंगलबार बिहान १२ः५० मा सारा राजनीति जीवनसँगै हामीलाई त्यागेर गए । २००७ सालमा ११ वर्षको उमेरमै राजनीतिमा पाइला टेकेका कोइराला ७७ वर्षको उमेरमा अलविदा भए ।

sushil
नेपाली राजनीतिमा उनी जति प्रखर थिए, त्यति नै विभिन्न क्रियाकलाप पनि । यदि राजनीति जीवनमा नभएको भए उनी हलिउड वा कलिउडमा ‘हिरो’ का रुपमा हुनेथिए किनकि, उनको रुचि ‘हिरो’ बन्ने थियो । तर, तत्कालीन राजा महेन्द्र वीरविक्रम शाहले २०१७ सालमा जननिर्वाचित सरकारको अपदस्थ गरेसँगै कोइरालाको सपना पनि तुहिएको थियो । त्यतिबेला कोइराला कांग्रेसका सामान्य सदस्यमात्रै थिए । राजनीतिक भविष्यबारे न उनले कल्पना गरेका थिए, न त नेता बन्ने नै । भर्खरका लक्का जवान उनले रंगमञ्चको ‘हिरो’ बन्न चाहन्थे, त्यो पनि हलिउडको । त्यसका लागि उनले प्रारम्भिक तयारी समेत गरिसकेका थिए । त्यसका लागि कोइरालाले भारतमा नृत्य र फोटोग्राफीको प्रशिक्षणसमेत लिएका थिए ।

आन्दोलनमा समर्पित भए कि हलिउडको हिरो बन्ने सपना तुहिएको मात्रै होइन, उनले आफ्नो जवानी घर्केको समेत पत्तो पाएनन् । देशमा प्रजातन्त्र पुनःस्थापना हुँदासम्म उनको उमेरले मेलो काटिसकेको थियो । विवाह गर्ने तीव्र इच्छा भए पनि घर्किंदो उमेरसँगै उनले अविवाहित जीवन बिताउने निधो गरेका थिए ।

‘हिरो’ बन्ने सपना पूरा गर्न उनी हलिउडतिर जान लाग्ने तयारीसँगै उनका लागि अमेरिकाको भिसासमेत आइसकेको थियो । तर, त्यसैबेला १ पुस २०१७ मा राजा महेन्द्रले ‘कू’ गरेपछि उनको सपनामाथि पनि बज्रपात भयो । त्यसपछि हिरो बन्न तम्तयार भएका उनी बाध्यताले राजनीतिमा सक्रिय भए ।
कोइरालालाई नजिकबाट जान्नेहरूका अनुसार राजा महेन्द्रले दुई महिना ढिलोमात्रै ‘कू’ गरेको भए उनी अमेरिका पुगिसकेका हुन्थे र हलिउडमा जमिरहेका हुन्थे । राजनीतिमा उनी बाध्यताले मात्रै होमिएका थिए । रंगमञ्चको हिरो बन्ने सपना तुहिएपनि बाध्यताले रोजिएको राजनीतिमा भने कोइराला हिरो बन्न सफल थिए । ७७ वर्षीय अविवाहित सुशीलको हिरो बन्ने सोच र योजनाबारे उनकै कार्यकर्तालाई समेत थाहा थिएन । पार्टीकोे सर्वोच्च पदमा पुगेका बेला बाध्यतावश राजनीतिमा लागेको विषयमा सार्वजनिक रूपमा नबोल्नु स्वाभाविक थियो ।
२०१६ सालअघि नै उनलले वनारसमा नृत्य र फोटोग्राफीसम्बन्धी प्रशिक्षण लिएका थिए । उनले लामो समय वनारसमा बिताएका थिए । तर, त्यो उनको प्रशिक्षण केवल रहर मेटाउने सिवाय केही भएन । राजनीति ‘कू’ सँगै उनी अमेरिका जान छाडेर भूमिगत भए । केही वर्षअघि एक पत्रिकासँग अन्र्तवार्तामा कोइरालाले भनेका थिए, ‘म हिरो हुन्थेँ, हलिउडमा खेल्ने मेरो इच्छा थियो । राजनीति मेरो पहिलो रोजाइ होइन ।’
आन्दोलनमा समर्पित भए कि हलिउडको हिरो बन्ने सपना तुहिएको मात्रै होइन, उनले आफ्नो जवानी घर्केको समेत पत्तो पाएनन् । देशमा प्रजातन्त्र पुनःस्थापना हुँदासम्म उनको उमेरले मेलो काटिसकेको थियो । विवाह गर्ने तीव्र इच्छा भए पनि घर्किंदो उमेरसँगै उनले अविवाहित जीवन बिताउने निधो गरेका थिए ।
७७ वर्षीय कांग्रेस सभापति सुशील कोइराला एक दशकदेखि पार्टीको महत्वपूर्ण जिम्मेवारीमा थिए । १२औं महाधिवेशनबाट सभापति निर्वाचित भएका उनले कार्यवाहक सभापति र महामन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका थिए । बीपी र गिरिजाप्रसादको भाइका रूपमा सुशीललाई कांग्रेस नेता तथा कार्यकर्ताले हेर्ने गरेका थिए ।
समाजका विभिन्न आयामसँग टाढा रहेको र खुला राजनीतिक संस्कारलाई अँगाल्न नसकेको आरोप उनलाई लाग्ने गरेको भए पनि पार्टीलाई समाज परिवर्तनको साधन होइन, साध्य मान्ने जड उनीमा सोच थियो । त्यसैले उनका विरोधीहरूले समेत खुलेर प्रशंसा गर्थे ।

दिवंगत पूर्वप्रधानमन्त्री कोइरालाको पार्थिव शरीरलाई भोलि (बुधबार) राजकीय सम्मानसहित दाहसंस्कार गरिँदैछ ।

Comments