निर्देशक किशोर भन्छन्, ‘एक्शन फ्लेवरमा छ खुर्पा’
screennepal
प्रकाशित: २०७२, २५ माघ सोमबार
no img

काठमाडौं । ग्रामिण नेपाली महिलाले आत्मरक्षाका लागि प्रयोग गर्ने हतियार खुर्पामा आधारित चलचित्र ‘खुर्पा’ बनेको छ । यो चलचित्र माता पाथिभरा फिल्मस् प्रालीको ब्यानरमा निर्माण भएको हो । चलचित्रबारे जानकारी गराउन राजधानीमा आइतबार पत्रकार सम्मेलन गर्दै ट्रेलर र ‘झमझम’ बोलको गीत पनि सार्वजनिक गरिएको छ । यो चलचित्र १४ फागुनबाट देशभर प्रदर्शनमा आउँदैछ ।

1
हस्त लिवाङको लगानी र किशोर सुब्बाको कथा, लेखन तथा निर्देशन रहेको यस चलचित्रमा विराज आङदेम्वे, विशाल थेवे र पदम चोङवाङ सहनिर्माता रहेका छन् । चलचित्रमा सविन श्रेष्ठ, पुष्पा लिम्बु, रोशन श्रेष्ठ, सुष्मा अधिकारी, रविन्द्र खड्का, लक्ष्मी गिरी, सिमान्त उदास, पुष्प श्रेष्ठ, उपासना नेम्बाङ, हस्त लिवाङ, राजु घिमिरे, अप्सरा शेर्पा र युवराज लामाको अभिनय छ ।

Khurpa
निर्देशक सुब्बाले गाउँघरमा अझै पनि महिलाहरुले आफ्नो आत्मरक्षाका लागि खुर्पा बोक्ने प्रचलन रहेकाले त्यसैलाई कथात्मक रुपमा प्रस्तुत गरेको बताए । ‘फिल्ममा खुर्पा र नारी बीचको सम्बन्ध, एउटा नारीले खुर्पाको प्रयोग किन र के का लागि गर्छिन् भन्ने विषय नै फिल्मको विषयबस्तु हो,’ उनले भने, ‘यस हिसाबले फिल्मले नारी सशक्तिकरणलाई उजागर गर्न सक्षम छ । यो पूर्ण रुपमा एक्सन फ्लेबरको फिल्म हो ।’
फिल्ममा निरज कुमारको गीत तथा संगीत, समीर मियाँको सम्पादन, शंकर महर्जनको एक्सन, गोविन्द राइको नृत्य रहेको फिल्ममा कुमार बखतीको छायांकन छ ।

Comments