ल है, किताबमा आयो ल्होछार
screennepal
प्रकाशित: २०७२, २५ माघ सोमबार
no img

bookकाठमाडौं । ल्होछार के हो ? यो पर्व कसरी मनाइन्छ भन्ने धरैमा अझै अन्यौलता पाइन्छ । त्यही अन्यौलता चिर्ने हेतुले ल्होछार पर्व सम्बन्धी नालीबेली खोतल्दै सम्पुर्णकुमार लामा र टिका शेर्पाले किताब लेखेका छन् ।

राजधानीको बौद्धस्थित होटल हर्मिकामा शनिबार आयोजित एक समारोहमा नाम्खा रिम्पोछेले ‘ल्होछार : एक परिचय’ नामक कृतिको लोकार्पण गरे । बौद्धनाथ क्षेत्र विकास समितिले प्रकाशन गरेको कृतिमा नेपालका विभिन्न समुदायसंगै हिमाली बौद्ध सम्प्रदायले मनाउने ल्होछार परम्परा, प्रकार, इतिहासदेखि मनाउने तरिका र खानपानसम्मका सन्दर्भ समेटिएका छन् ।

ल्होछार सम्बन्धी विभिन्न अन्यौलताहरु छाइरहेको बेला विभिन्न सन्दर्भ ग्रन्थ र दस्तावेजहरुको अध्ययन गरि किताब निकालिएको लेखक तथा समितिका अध्यक्ष लामाले जनाए ।

कार्यक्रममा अर्का लेखक शेर्पा र समितिका कार्यकारी निर्देशक फुबुयाङजी लामाले पनि पुस्तकको महत्वबारे प्रकाश पारेका थिए ।

Comments