यहाँ सबैले बलेको मात्र आगो ताप्ने हो (उत्तम केसीसँग ताजा अन्र्तवार्ता)
screennepal
प्रकाशित: २०७२, २४ माघ आईतवार
no img

काठमाडौं । उत्तम केसी नाम लिँदै काफी छ । उत्तमले कलाकारितामै करिब चार दशकभन्दा बढी समय बिताइसकेका छन् । विशेषगरी हास्य कलाकारितामा जम्दै आएका उत्तम हालै मात्र चलचित्र विकास बोर्डको सदस्यमा नियुक्ती भएका छन् । ढिलै भए पनि बोर्डमा सदस्य नियुक्ती गरेर सरकारले उत्तमप्रति सम्मान गरेको छ ।

uttam

२०३८ सालबाट अनवरत रुपमा चलचित्र क्षेत्रमा क्रियाशील उत्तमले सयौं चलचित्रमा अभिनय गरिसकेका छन् । पछिल्लो समय चलचित्र निर्माणमा समेत क्रियाशील छन् । नेपाल सरकारको अवकास प्राप्त कर्मचारीसमेत रहेका उत्तमजस्ता प्रशासनिक अनुभव संगालेका कलाकारको बोर्डमा आगमनले केही हद भए पनि कलाकारले अपेक्षा गरेका छन् । सदस्यमा नियुक्तीसँगै उनले बोर्डको घोषित कार्य योजनाहरुलाई यथाशिघ्र लागू गर्न आफ्नो तर्फबाट प्रयत्न गर्ने उनले बताएका छन् । यिनै बरिष्ठ कलाकार तथा बोर्ड सदस्य उत्तम केसीसँग गरिएको कुराकानी प्रस्तुत छ ।

https://www.youtube.com/watch?v=-nE9HQ-S-rA

Comments