सलमानदेखि हुरुक्कै सोनम
screennepal
प्रकाशित: २०७२, २३ माघ शनिबार
no img

मुम्बई । बलिउड स्टार सलमान खान भनेपछि धेरै युवती हुरुक्कै हुन्छन् । अरु त हुरुक्कै हुन्छन् नै, तर बलिउड अभिनेत्री सोनम कपूरसमेत सलमान भनेपछि मरिहत्ते गर्छिन् । फिल्म ‘प्रेम रतन धन पायो’ सोनम सलमानसँगै देखिएकी थिइन् । सलमान सोनमको मन पर्ने कलाकार पनि हुन् । साथै, सोनमलाई सलमान एकदमै हट लाग्छ रे ।

sonam
सोनमले यो कुरा एक कलेजमा बताएकी हुन् । आफ्नो अपकमिङ फिल्म ‘निरजा’ एक गीत ‘अँखियाँ मिलाएँगे डर से’ को प्रचारको क्रममा एक कलेजमा पुगेकी सोनमलाई त्यहाँ तपाईँलाई मन पर्ने अभिनेता को हुन् ? भनि सोधिएको थियो । सोनमले त्यो भीडलाई हत्तपत्त जवाफ दिइन्, ‘सलमान खान ।’
गीत ‘अँखियाँ मिलाएँगे…’कलेजमै लञ्च गरिएको थियो । सोनमले गीतको लञ्च गर्दैै भनिन्, ‘सलमान र सोनमबीच उमेरले २० वर्ष फरक छ तर फिल्म प्रचारमा दुवै हिट छन् ।

Comments