दर्शक बटुल्दै ‘कसैलाई नभन्नु’
screennepal
प्रकाशित: २०७२, २३ माघ शनिबार
no img

kasalai Nabhannu (3)

काठमाडौं । शुक्रबारदेखि सिनेमा हलमा चलचित्र ‘कसैलाई नभन्नु’, ‘बिन्दाश–३’ ‘कैफियत’ र ‘सुपर हिट’ एकापसमा भिडिरहेका छन । ती चारमध्ये ‘कसैलाई नभन्नु’ले राम्रो दर्शक पाइरहेको निर्माणपक्षले जनाएको छ । हुन त ‘बिन्दास–३’ ले पनि पहिलो दिन राम्रै व्यापार गरेको निर्देशक राजु गिरीले बताए । तर, यता ‘कसैलाई नभन्नु’ले भने शुक्रबारभन्दा शनिबार कलेक्शन गर्ने अपेक्षा निर्माणपक्षले जनाएको छ ।

kk

‘कसैलाई नभन्नु’ राजधानीका सिनेमा हलमा शनिबारको बिहानी शोमा दर्शकको भीड रहेको निर्माणपक्षले जनाएको छ । यो चलचित्र राजधानीमा १२ वटा सिनेमा हलमा रिलिज भइरहेको छ । साथै, उपत्यका बाहिर पनि राम्रै कलेक्शन गरिरहेको वितरण करण क्रेजीले बताए ।
अन्तरजातीय प्रेमकथामा आधारित यस चलचित्रको निर्देशन मन्दिप रानाले गरेका हुन् । प्रस्तुतकर्ता सर्जु लामिछाने रहेको यस चलचित्रको निर्माण शिवहरि रेग्मीले गरेका हुन् । फिल्ममा द्वन्द्व जनक गुरुङ, संगीत रामचन्द्र श्रेष्ठ र भीम बिसी, छायांकन राहुल राई तथा नृत्य निर्देशन दीलिप ओखडाको रहेको छ । यसै चलचित्रमार्फत किशोर केसी नायकका रुपमा डेब्यु गर्दैछन् ।

kasalai Nabhannu (2)

Comments