कट्रिना भन्छिन्, ‘मेरो रणवीरसँग ब्रेकअप भयो कसले भन्यो ?’
screennepal
प्रकाशित: २०७२, २३ माघ शनिबार
no img

मुम्बई । बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री कट्रिना कैफको ‘ब्रेकअप’ को सामाचार दुई साता अघि नै सार्वजनिक भएको थियो । तर, यसबारे यी दुईले केही बोलेका थिएनन् । न रणवीरले प्रतिक्रिया दिएका थिए, न त कट्रिनाले नै ।

katrina_kaif_2013-1920x1080 (1)

तर, अहिले आएर बल्ल कट्रिनाले रणवीरसँगको ‘ब्रेकअप’बारे मुख खोलेकी छन् । केही दिनअघि कट्रिनाले एक अन्र्तवार्तामा आफू ‘सिंगल’ भएको बताएपछि रणवीरसँग ‘ब्रेकअप’ भएकै रहेछ भन्ने अडकलन गरिएको थियो । तर, कट्रिनाले भनिन्, ‘मेरो रणवीरसँग ब्रेकअप भएको छैन । कसले भन्यो मेरो ब्रेकअप भयो भनेर ? जब मेरो रणवीरसँग रिलेशन नै छैन भने कसरी ब्रेकअपको कुरा आयो ? यसमा ब्रेकअपको प्रशंग नै आउँदैन ।’
आखिर किन रणवीरसँग अलग हुनुभयो ? भन्ने प्रश्नमा कट्रिनाले भनिन्, ‘हेर्नुस् यो प्रश्न पनि गलत छ । म कहिल्यै रणवीरसँग रिलेशनसीपमा थिइनँ । तपाईलाई कसले भन्यो म रणवीरसँग रिलेशनसीपमा थिएँ भन्ने कुरा ।’ तर जेहोस्, कट्रिना रणवीरसँग रिलेशनसीपमा थिइनन्, उनीहरु लिभिङ टुगेदरमा थिए । अहिले पनि उनीहरु अलग भएका छन् ।

Comments