राजधानीमा तेस्रो बृहत् पुस्तक प्रदर्शनी सुरु
screennepal
प्रकाशित: २०७२, २१ माघ बिहीबार
no img

काठमाडौं । ‘पढौं र पुस्तक संस्कृतिको विकाश गरौं’ भन्ने मूल नाराका साथ राजधानीको भृकुटीमण्डपमा तेस्रो पुस्तक प्रदर्शनी मेला सुरु भएको छ । बिहीबार एक कार्यक्रमबीच नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले प्रदर्शनीको उद्घाटन गरे ।  कार्यक्रममा कुलपति उप्रेतीले पुस्तक प्रदर्शनीले पढन संस्कृतिको बिकास गर्दै पुस्तकको ब्यवसायिकतामा मद्दत पु-याउने बताए । ‘अहिले लेखन सस्कृति ओरालो लागेको छ’ कुलपति उप्रेतीले भने, ‘प्रदर्शनीले लेखन सस्कृतिलाई हौसला प्रधान गर्नेछ ।’ पाठकलाई रुचिअनुसार पुस्तक उपलब्ध गराउन प्रदर्शनी महत्वपूर्ण भएको उल्लेख गर्दै कुलपति उप्रेतीले बेलाबेलामा प्रदर्शनी आवश्यक रहेको बताए ।

_MG_5525

त्यस्तै, साहित्यकार मोहनराज शर्माले प्रदर्शनी मानिसको बौद्धिकतासँग जोडिएको बताउँदै पाठकले फिक्सन र नन–फिक्सन दुवै प्रकारको पुस्तक पढ्नुपर्ने धारणा राखे । फिक्सन पुस्तकबाट जिवनको भोगाई सिक्न मिल्ने उनको भनाइ थियो ।
आयोजक डिकुरा प्रकाशनमा प्रमुख तथा प्रदर्शनी संयोजक साहित्यकार पुण्यप्रसाद प्रसाइँले शिक्षा मानिसको जिवनका लागि आवश्यक भएकोले पुस्तक प्रदर्शनीले शैक्षिक मानिसको बिस्तार गर्न महत्वपूर्ण भुमिका खेल्ने बताए । शिक्षा भए मानिसमा बिचार आउने र बिचारले मानिसलाई प्रगतिपथमा डो-याउने धारणा प्रसाइँको थियो ।

_MG_5518
कार्यक्रममा साहित्यकार मोहनराज शर्मा, प्रकासनका सहयोगी डा,. गौरीशंकर महत्व, नवराज उपे्रती, केपी पाठक, सन्तोस कुमारबराललगायतलाई सम्मान गरिएको थियो । ७५ हजार अवलोकन कर्ता भित्र्याउने लक्ष्य रहेको आयोजकले जनाएको छ । प्रदर्शनीमा एक सयभन्दाबढी प्रकाशकका दशौं हजार पुस्तक राखिएका छन् । प्रदर्शनीमा नेपालीका साथै अंग्रेजी तथा हिन्दी भाषाका नयाँ र संकलन योग्य क्लासिकल पुस्तकहरुसमेत छन् । प्रदर्शनीमा लेखक, साहित्यकार, कलाकार, राजनीतिकर्मी, राजदूत, बैंकर, प्रशासक, शिक्षाविद्, समाजसेवी, आमसञ्चारकर्मी, आध्यात्मिक व्यक्तित्व र विविध पेशाकर्मीहरुको विशेष उपस्थिति गराइले लक्ष्य आयोजकको छ । प्रदर्शनी ११ दिन अर्थात २ फागुनसम्म चल्नेछ ।

Comments