फ्राईडे रिलिज : ‘बिन्दास’ र ‘सुपरहिट’सँग कसैलाई नभन्नु
screennepal
प्रकाशित: २०७२, २१ माघ बिहीबार
no img

काठमाडौं । हरेक शुक्रबार नयाँ चलचित्र रिलिज गर्ने प्रावधान छ । यसैअनुसार यस शुक्रबार भने चार चलचित्रको भिडन्त हुँदैछ । चारै निर्माताले आफ्नो फिल्म ‘राम्रो’ भएको दावी गर्दै आएका छन् । तर, कुन राम्रो भन्ने दर्शकले अवश्य छुट्टाउने छन् । यो शुक्रबार ‘कसैलाई नभन्नु’, ‘बिन्दाश–३’ ‘कैफियत’ र ‘सुपर हिट’ सिनेमा हलमा भिड्न लागेका हुन् ।

kk

kasailai nabhannu

यी चलचित्रमध्ये ‘कसैलाई नभन्नु’ आशा गरिएको चलचित्र हो । यस चलचित्रले प्रमोसनसमेत राम्रै गर्दै आएको छ । यस चलचित्रका आइटम गीत ‘चम्पाकली’ले यु–ट्युबमार्फत दर्शकको मन जितिसकेको छ । यस चलचित्रमा निरामिका हट आइटम डान्सरका रुपमा देखिँदैछिन् ।
अन्तरजातीय प्रेमकथामा आधारित यस चलचित्रको निर्देशन मन्दिप रानाले गरेका हुन् । निर्माणपक्षले यस चलचित्रलाई ‘म्युजिकल लभस्टोरी’ समेत भनेका छन् । प्रस्तुतकर्ता सर्जु लामिछाने रहेको यस चलचित्रको निर्माण शिवहरि रेग्मीले गरेका हुन् । फिल्ममा द्वन्द्व जनक गुरुङ, संगीत रामचन्द्र श्रेष्ठ र भीम बिसी, छायांकन राहुल राई तथा नृत्य निर्देशन दीलिप ओखडाको रहेको छ । यसै चलचित्रमार्फत किशोर केसी नायकका रुपमा डेब्यु गर्दैछन् । चलचित्रमा किशोरका आलाव आयुष्मा कार्की, देशभक्त खनाल, दिनेश शर्मा, पुष्कर भट्ट र शिवहरि रेग्मीको मुख्य अभिनय छ । यस चलचित्रको वितरण करण श्रेष्ठ ‘क्रेजी’ गरेका हुन् ।

Bindaas-3-nepali-movie-hot-poster
त्यस्तै, ‘कैफियत’ दशरथ गिरीले निर्देशन गरेका हुन् । दक्षिण भारतीय सिनेमा उद्योगमा केही समय काम गरेको अनुभवसहित नेपाली चलचित्रमा पाइला हालेका गिरीले यो चलचित्रबाट केही हदसम्म निर्माण अन्य निर्माता निर्देशकलाई समेत सिकाउने छन् । ‘कैफियत’मा चिन्तामणि बराल र धनबहादुर देबकोटाको लगानी छ । चलचित्रमा शंकर शाही ठकुरी, मिथिला शर्मा, नविन श्रेष्ठ, नन्दिता केसी, किशन सुनार, सजना थापा ‘रोज’ लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा माधव शर्माको कथा, पटकथा र सम्वाद रहने यस चलचित्रमा संगीत अर्जुन पोखरेलको रहेको छ ।

kaifiyat
त्यस्तै अर्काे चलचित्र हो ‘सुपरहिट’ । चलचित्र सुपरहिट होला÷नहोला तर नामचाहिँ सुपरहिट छ । यो चलचित्र ‘चपली हाईट’ मार्फत चर्चामा आएकी अभिनेत्री बिनिता बरालको महत्वकांक्षी चलचित्र हो । यस चलचित्रलाई सौरभ ढकाल र नीरञ्जन पाण्डेले निर्देशन गरेका हुन् ।
चलचित्रमा स्क्रिप्ट विनिता, सौरभ र नीरञ्जनले संयुक्त रहेको छ । चलचित्रमा सुरेश राईको संगीत, सूर्य थोकर लामाको द्धन्द र मुभिज ईन्फिनिटी क्रिएसन तथा अरुण थापाको लगानीमा रहेको छ ।

super-hit-bini-cbn
यस्तै, ‘विन्दास–३’ पनि यो शुक्रबारै रिलिज हुँदैछ । राजु गिरीले निर्देशन गरेको यस चलचित्रमा त्रिकोणात्मक प्रेमकथा चित्रण गरिएको छ । चलचित्रमा शुभेच्छा थापा, अशोक फुयाँल र मनिष कार्कीको मुख्य भूमिका रहेको छ । शुभेच्छा इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो ‘विन्दास’का अघिल्ला २ सिक्वेलभन्दा विल्कुल फरक रहेको निर्देशक राजुले बताए ।
गीतसंगीतका कारण चर्चामा रहेको यो चलचित्र हेरेपछि दर्शक कथावस्तुमा पनि सन्तुष्ट हुने अभिनेत्री शुभेच्छा थापाले बताइन् । ‘कसले देख्यो र अप्सरा’लाई बोलको गीत अहिले चर्चामा छ ।

Comments