८८औं ओस्कारमा प्रियंका प्रस्तोता
screennepal
प्रकाशित: २०७२, १९ माघ मंगलवार
no img

लस एञ्जलस, (एजेन्सी) । अमेरिकी चर्चित शो ‘क्वान्टिको’ मा आफ्नो उपस्थिति जनाइसकेकी बलिउड अभिनेत्री प्रियंका चोपडा अब ८८औं एकेडेमी अवार्ड ओस्करमा प्रस्तोता बन्ने भएकी छन् । प्रियंकाको प्रस्तोता सुचिमा दोस्रो नम्बरमा छिन् । जसमा स्टिव कैरेल, क्विन्सी जोन्स, बायन्ग हुन ली, जेरेड लेटो जुलियाने मूर, ओलिविया मुन, मारगोट रोबी, जैसन सेगल, एन्डी सेरकिस, जेके सिमोन्स, केरी वाशिंगटन र रीज वाइदर स्पून जस्ता हलिउड सुन्दरीहरुको पनि सुचिमा छन् ।

Priyanka
यस समाचारपछि ‘बाजीराव मस्तानी’की ३३ वर्षीया अभिनेत्री प्रियंकाले आफ्नो प्रतिक्रिया ट्विट गरेकी छन् । उनले भनेकी छन्, ‘एकदमै उत्साहित.. एकेडमी.. । त्यस रात त निन्द्रै लाग्दैन होला । प्रियंकालाई ट्विटरमार्फत उनका प्रशंसक, बलिउडका सहयोगी र आलोचकले समेत बधाई दिइरहेका छन् ।

list
प्रियंकाले एक यस्तो पनि पोस्ट गरेकी छन्, ‘अब एक राम्रो ड्रेसको खोजी सुरू, ‘ओह.. ओस्कर–२०१६’ । यस वर्ष ओस्कर समारोहमा  प्रियंका भारतकी एकमात्र प्रतिनिधि बन्दैछिन् । ओस्कर २०१६ का लागि सर्वश्रेष्ठ विदेशी फिल्म श्रेणीमा भारतको फिल्म ‘कोर्ट’ थियो । जुन अन्तिम पाँचमा पर्न सकेन । एकेडमी अवार्ड समारोह २८ फेब्रुअरीमा क्यालिफोर्नियास्थित ‘डोल्बी थिएटर इन हलिउड’ मा हुँदैछ ।

Comments