अनपम खेरलाई पाकिस्तानले दिएन भिषा
screennepal
प्रकाशित: २०७२, १९ माघ मंगलवार
no img

नयाँदिल्ली, एजेन्सी) । बलिउड अभिनेता अनपम खेरलाई पाकिस्तानले भिषा दिएन । अनुपम खेर पाकिस्तानमा हुन लागेको ‘कराची लिटरेचर फेस्टिवल’ मा जाने कार्यक्रम थियो । तर, उनले पाकिस्तान इन्ट्रि गर्ने भिषा नै नपाएको समाचारमा जनाइएको छ । ५ फेब्रुअरीबाट ‘कराची लिटरेचर फेस्टिवल’ हुँदैछ ।

ANUPAMKHER_1855763g
अहिले भिषा दिने र अप्लाई गर्नेबीच विरोधाभाष सुरु भएको छ । दुवैले आ–आफ्नै दावी पेश गर्न थालेका छन् । पाकिस्तान सरकारको स्रोतअनुसार अनुपम खेरले भिषाका लागि अप्लाई नै गरेका थिएनन् । तर, ‘कराची लिटरेचर फेस्टिवल’ का आयोजकले भने अनुपम खेरले भिषा नपाएको जनाएको छ । कार्यक्रम आयोजक अमीना सैयदले भनेका छन्, ‘उहाँले अप्लाई गर्न चाहेका थिए । उहाँको एप्लिकेशन पनि तयार थियो । तर, उहाँको अझै हामीसँग क्लियरेन्स आएको छैन । अब आयो भने पनि एक्सेप्ट गर्दैनौ । यो क्लियरेन्स इस्लामाबादबाट मिल्ने छ ।’
भिषा नपाएका अनुपम खेरले भने, ‘यस मामिलामा पाकिस्तान झूठ बोल बोलिरहेको छ’ उनले थपे, ‘पाकिस्तानी हाई कमिशन झूठ बोल रहेको छ । १७ जनाले भिषा पाए । सिर्फ मलाई मात्र भिषा दिन इन्कार गरेको छ ।’

Comments