शुभेच्छाको आइडियालाई मान्नैपर्छ बा ! (हेर्नुस् तस्बिर)
screennepal
प्रकाशित: २०७२, १९ माघ मंगलवार
no img

काठमाडौं । अभिनेत्री तथा निर्मात्री शुभेच्छा थापाको आइडियालाई मान्नैपर्छ । कहिले चर्चामा आउनकै लागि अर्धनग्न फोटोसुट गर्छिन् उनी । तर, फोटोसुटमार्फत गाली मात्र होइन, उनले माया बटुल्ने आइडिया पनि जोनेकी छन् । (हेर्नुस् तस्बिर) । केही हप्ताअघि शुभेच्छाले धार्मिक आस्था र पवित्रता बोकेको खादाले मात्र शरीर छोपेर फोटोसुट गराएपछि निकै आलोचित भएकी थिइन् । त्यसैको दाग मेटाउन प्रयासस्वरुप शुभेच्छा शेर्पा तथा तामाङ पहिरनमा पछिल्लो फोटोसुट गरेकी हुन् ।

shuveksha
तामाङ पहिरनमै फोटोसट गर्नुका कारण यो होकि उनको ‘खादा फोटोसुट’ को सबैभन्दा धेरै आलोचना त्यही समुदायबाट भएको थियो । तर, उक्त फोटाृसुटबारे उनले तुरुन्तै माफी मागेकी थिइन् । माफी मागेपनि विभिन्न तरिकाले आलोचना भइरहेकाले शुभेच्छाले यो फोटोसुट गरेकी हुन् अर्थात् अहिले उनले फोटोसुटमा आफूलाई केही बदलेकी छन् । शुभेच्छाले शेर्पा तथा जातीले लगाउने पहिरन लगाएर पछिल्लो फोटोसुट गरेकी शुभेच्छाले भनिन्, ‘मैले खादा अञ्जानमा प्रयोग गरेको थिएँ । म हरेक धर्म र जातीलाई सम्मान गर्छु ।’

subhe
शुभेच्छा अभिनीत पछिल्लो चलचित्र ‘बिन्दास–३’ यही २२ गतेबाट रिलिज हुँदैछ । राजु गिरी निर्देशित यस चलचित्रको प्रमोसशका लागि पनि शुभेच्छाले चर्चाका विभिन्न आइडिया रच्दै आएकी छन् । तर, उनी ‘खादा आइडिया’ भने केही चुकेकी थिइन् । तर, यसपटक भने ‘माया अआइडिया’ अपनाएकी छन्, जसबाट आलोचित दाग मेटाउने र दर्शकको माया बटुल्ने उनको विश्वास छ । शुभेच्छाले आफ्नो चलचित्र ‘बिन्दास–३’ एक पटक हेर्न दर्शकलाई आग्रहसमेत गरेकी छन् । चलचित्र हेरेपछि ‘शुभेच्छा हट मात्र नभई शालिन’ पनि छिन् भन्ने देख्न सकिने उनको भनाइ छ ।

Comments