बलिउड स्टार पत्नीका कथामा फिल्म बन्दै
screennepal
प्रकाशित: २०७२, १८ माघ सोमबार
no img

मुम्बई । बलिउड स्टारका वैवाहिक जीवनको उताव–चढावबारे बताइरहन पर्दैन किनकि, प्राय उनीहरुका गसिप मिडियामा आइरहेकै हुन्छ । मिडियामा सुनेको र आफ्नै आँखाले देख्नुमा धेरै भिन्न हुन्छ । तर, अब ती बलिउड स्टारका कथामा फिल्म बन्ने भएको । त्यसपछि वास्तविकता केरै’छ आँखैले देख्नु पाउनुहुनेछ । यो हिम्मत गरेका हुन् बलिउडको चम्किलो दुनियाँ पछाडिको अँध्यारो पाटालाई पर्दामा ल्याइसकेका निर्देशक मधुर भण्डारकरले । यी निर्देशकले आफ्नो आगामी फिल्ममा बलिउड फिल्म स्टार पत्नीका जीन्दगीलाई उजागर गर्दैछन् । उनको सो फिल्मको नाम ‘बलिउड वाइफ्स’ हुनेछ ।

bbbbbb
भण्डाकरले ट्विट गर्दै सो घोषणा गरेका हुन् । फिल्म ‘फेसन’ मा यथार्थ उजागर गरेर छुट्टै परिचय बनाएका भण्डारकरले फिल्मको शीर्षकको अनुमानीका लागि निर्माता रितेश सिधवानी र अभिनेता निर्देशक फरहान अख्तरलाई धन्यवाद समेत दिएका छन् । भण्डाकर निर्देशित ‘चमेली’, ‘फेसन’, ‘कर्पोरेट’, ‘जेल’, ‘पेज–थ्री’जस्ता फिल्म चर्चित छन् । उनको ‘क्यालेन्डर गल्स’ पनि अहिले चर्चामा छ । फिल्म ‘बलिउड वाइफ्स’ मा  स्टार पत्नी हुनुका पीडाहरु उजागर गर्ने बताइएको छ ।

Comments