‘भ्यालेनटाइन–डे’ आसपास रोमान्स फिल्मको लर्को
screennepal
प्रकाशित: २०७२, १८ माघ सोमबार
no img

काठमाडौं । १४ फेब्रुअरी अर्थात् ‘भ्यालेनटाइन–डे’को आसपासमा बलिउडमा रोमान्स फिल्मको लाइन लागेका छन् । केही फिल्म अहिले नै रिजिलको तयारीमा छन् । ‘भ्यालेनटाइन–डे’ लाई युवाले प्रेम दिवशका रुपमा लिने हुनाले निर्माताहरु आफ्ना रोमान्स फिल्म रिलिज गर्न तम्सिएका हुन् । फेब्रुअरी महिनामै मात्र बलिउडमा एक दर्जन बढी रोमान्स फिल्म रिलिज हुँदैछन् ।

sanam re

फेब्रुअरीको शुरूआतमै राधिका राव र विनय सप्रू निर्देशित फिल्म ‘सनम तेरी कसम’ रिलिज हुँदैछ, जसमा  हषर्वर्धन राणे र पाकिस्तानी अभिनेत्री मावरा होकेनको मुख्य अभिनय रहेको छ । त्यस्तै, पुलकित सम्राट र यामी गौतमको मुख्य भूमिका रहेको दिब्या खोसला कुमार निर्देशित रोमान्टिक पृष्ठभूमिको फिल्म ‘सनम रे’ १२ फेब्रुअरीमा रिलिज हुँदैछ । यो फिल्म भ्यालेनटाइन–डे सप्ताह ताकेर रिलिज हुन लागेको हो । यस फिल्ममा ऋषि कपूर र उर्वशी रौतेला मुख्य भूमिकामा देखिँदैछन् ।

साथै, यसै शुक्रबार निर्माता अभिषेक कपूरको रोमान्टिक ड्रामा फिल्म ‘फितूर’ रिलिज हुँदैछ । चार्ल्स डिकेन्सको उपन्यास ‘ग्रेट एक्सपेक्टेशन्स’ मा आधारित यस फिल्ममा कट्रिना कैफ, आदित्य राय कपूर र तब्बूको मुख्य भूमिका रहेको छ ।
यसका अलावा १९ फेब्रुअरीमा तीन रोमान्टिक फिल्मको टक्कर हुँदैछ । जसमा गिरीश कुमार र २०१३ की मिस इन्डिया विजेता नवनित कौर अभिनीत रोमान्टिक हास्य फिल्म ‘लवशुदा’, रजनीश दुग्गल, निधि सुब्बैया र अजरुन बिजलानी अभिनित ‘डाइरेक्ट इश्क’ र मधुर भन्डारकरको फिल्म ‘क्यालेण्डर गल्र्स’ रहेका छन् । यसैबेला रूही सिंह र लिजा रे अभिनीत ‘इश्क फोरएभर’ पनि रिलिज हुने भएको छ । अनुज सचदेवा र निधि सुब्बैया अभिनीत फिल्म ‘लव शगुन’ फेब्रुअरीको पहिलो शुक्रबार रिलिज हुँदैछ । त्यस्तै, रजनीश दुग्गल र सनी लियोनी अभिनीत ‘बेईमान लव’ पनि फेब्रुअरीमै रिलिज हुनेवाला थियो, तर अहिले यसको रिलिज मिति सारेको छ । अभिनेता अध्ययन सुमन र करिश्मा कोटक अभिनीत ‘लखनवी इश्क’ पनि फेब्रुअरीमै रिलिज हुँदैछ । (Agency)

Comments