अब चलचित्रको पर्दामा सुखानी काण्ड
screennepal
प्रकाशित: २०७२, १८ माघ सोमबार
no img

काठमाडौं । तात्कालिन पञ्चायती शासनबिरुद्ध आन्दोलन गर्दा राज्यपक्षको शिकार भएर झापाको सुखानीमा सहदत प्राप्त गरेकाहरुको कथालाई अब चलचित्रमा देख्न पाइने भएको छ ।  दीपेन्द्र दाहालको निर्देशनमा तयार भएको यो चलचित्र ‘सुखानी साहदत’को प्रचार सामग्री र गीत आइतबार राजधानीमा एक समारोहबीच लोकार्पण भयो ।

shukhani
सूचना सञ्चार तथा प्रविधि मन्त्री शेरधन राईले सुखानी साहदतका गीति यल्मब र प्रचार सामग्री (पोष्टर) बिमोचन गर्दै भने,‘ हिजोका जहानीय शासन, पाञ्चायत शासन बिरुद्ध साहदतप्राप्त गर्नु भएका तिनै सहीदहरुको योगदानका कारण आज हामीले गणतन्त्र र नयाँ सँविधान पाएका हौं । अब हामीले ती सहीदहरुको सपना साकार गर्न पर्ने छ ।’
कार्यक्रममा सुखानी सहीद स्मृति प्रतिष्ठानका महासचिब हर्कराज राईले त्यतिबेला सुखानीमा रामनाथ दाहाल, नेत्र घिमिरे, बीरेन्द्र सिंह राजबँशी, कृष्ण कुईकेल र नारायण श्रेष्ठले साहदत प्राप्त गरेको जानकारी दिँदै उनीहरुको योगदान बारे प्रकाश पारे । कार्यक्रममा सहीदको महत्व बारे प्रधानमन्त्रीका सञ्चार सल्लाहकार देबेन्द्र दाहालले जानकारी गराए ।
सुखानीमा पाँच व्यक्तिले साहदत प्राप्त गरेको तिथि २१ फागुनमा यो चलचित्रका राजधानी र मोफसलका केही हलमा विशेष प्रदर्शनी गरिने यसका निर्देशक दिपेन्द्र दाहालले जानकारी गराए । यो चलचित्रमा तीन ओटा गीत छन् । निर्देशक दाहालले लेखेको यो गीतमा जुगल डँगोलको सँगीत र राजेश पायल राई, निशा देशार, केञ्जुमा सुब्बा, रामकृष्ण दुवाल, सानुबाबु महर्जनको स्वर छ ।
माधव पौडेल र कविता आले मगरले निर्माण गरेको चलचित्र सुखानी साहदतमा उपेन्द्र तिमिल्सिना, शुशिल पोखरेल, अञ्जु निरौला, प्रकाश धिताल, कविता आले, इश्वर बल्लभ जोशी, सुदीप कुँवर, लक्ष्मी चौधरी सहितको अभिनय छ । रत्न कार्कीको छायाँकन, कुमार महर्जनको द्धन्द्ध निर्देशन, गोबिन्द प्रभातको नृत्य निर्देशन रहेको यो चलचित्र आगामी बैशाखबाट प्रदर्शनी गरिने भएको छ ।

Comments