…जब शाहरुखले बम पड्काए !
screennepal
प्रकाशित: २०७२, १६ माघ शनिबार
no img

मुम्बई । बलिउडका बादशाह खान शाहरुखबारे धेरैलाई थाहा छ । तर, यी अभिनेताको बच्चापनको विषयमा भने थोरै मात्र थाहा हुन सक्छ । शाहरुख सानोमा साह्रै चकचके थिए । र मुर्ख पनि । उनले सानो हुँदा एक केटीका लागि बम नै पड्काएका थिए । यो कुरा उनले नोयडा पुगेर खुलासा गरेका हुन् ।

Shah-Rukh-Khan1
शुक्रबार नोएडामा ‘एजुटेनमेन्ट थीम पार्क किडजेनिया’को घोषणा समारोहमा शाहरुखले आफ्नो बच्चपनको कुरा शेयर गर्दै भने, ‘हाम्रो बिल्डिङमा केटी बस्थिन् । सबैको ध्यान उनैतिर हुन्थ्यो । मेरो पनि ध्यान ती केटीमै थियो । त्यसैले एक दिन ती केटीको लेटर बक्समा पटाकेवाला बम राखिदिएको थिएँ । त्यो पड्कियो पनि । त्यो कुरा सम्झिँदा अहिल्यैजस्तो ताजा लागिरहेको छ ।
शाहरुखले आफ्नो बच्चपनको याद ताजै रहेको बताए ।  उनले आफ्नो जीन्दगीको गुरु आफ्नै बच्चपन भएको बताए । शाहरुखले भने, ‘मैले आफ्नो बच्चपनमा एकदमै धेरै कुरा सिकेँ । मैले परिवारबाट धेरै समय पाएको थिएँ । त्यसैले पनि धेरै कुरा सिक्न पाएँ । बच्चपनमा दिमाग पनि चिखो हुन्छ । जसले भनेको पनि टपक्कै टिप्न सक्थे म ।’

Comments