‘तेरा सुरूर’ को ट्रेलरमा सेक्स सीन (ट्रेलर)
screennepal
प्रकाशित: २०७२, १६ माघ शनिबार
no img

नयाँदिल्ली, एजेन्सी । बलिउडका चर्चित गायक हिमेश रेशमियाको महत्वकांक्षी फिल्म ‘तेरा सुरूर’ को ट्रेलर रिलिज गरिएको छ । यस फिल्ममा हिमेश रेशमिया पहिलोपटक एक ग्याङस्टरको भूमिकामा देखिँदैछन् । फिल्मको ट्रेलरमा हिमेशको शानदार एक्शन  देखिन्छ । यस फिल्मको मुख्य भूमिका अभिनेत्री फराह करीमीलाई पनि ट्रेलरमा दमदार रुपमा प्रस्तुत गरिएको छ ।
फिल्मको ट्रेलरमा एक सेक्स सीन पनि राखिएको छ, जुन हलिउडको बोल्ड फिल्म ‘फिफ्टी शेड्स अफ ग्रे’को सँग मिल्दोजुल्दो छ । यस फिल्मलाई शान अरान्हाले निर्देशन गरेका हुन् । फिल्म ‘तेरा सुरूर’ मा हिमेश रेशमिया र फराह करीमीसँगै नसीरुद्दीन शाह, शेखर कपूर, मोनिका डोगरा, कबिर बेदी र शेरनाज पटेलजस्ता कलाकारको पनि मुख्य भूमिका रहेको छ । यो फिल्म सन् २००७ को हिट फिल्म ‘आप का सुरूर’ को सिक्वल हो । यो फिल्म ११ मार्चका रिलिज हुँदैछ ।

Comments