‘कोरियोग्राफर’मा निशाको निशाना (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७२, १६ माघ शनिबार
no img

काठमाडौं । मोडलिङ क्षेत्रमा चुलिँदै गरेको नाम हो, निशा पोमु । निशाले छोटो समयमै आफूलाई ग्ल्यामरस दुनियाँ स्थापित गराएकी हुन् । हुन त उनी मोडलिङमा रमाउन थालेको करिब एक दशकै हुन लाग्यो । तर, उनी सुरुवातमै चम्किन थालेकी हुन् । ०६४ सालमा गायिका रेश्मा सुनुवारको ‘साँघु त-यौ, मलाई बिर्सौ’ गीतमा अभिनय गरेर रंगीन दुनियाँमा करिअर प्रारम्भ गरेकी निशाले स्क्रीन नेपालसँग भनिन्, ‘मेरो लक्ष्य त एक कुसल कोरियोग्राफर बन्ने हो ।’

nisha pomu2

नृत्यमा पारंगत निशाले म्युजिक भिडियोमा मोडलिङसँगै स्टेज पर्फमेन्सलाई पनि प्राथमिकता दिँदै आएकी छन् । हालसम्म निशाले एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन् । नोपलको पूर्वी सहर धरानबाट ग्ल्यामरस दुनियाँमा पाइला राखेकी निशा -याम्प र स्टेज शोहरुमा पनि रमाउँदै आएकी छन् । तर, धेरैले उनलाई म्युजिक भिडियो मोडलका रुपमा चिन्ने गरेका छन् ।

nisha pomu
सन् २०१२ मा आयोजित ‘मिस लिम्बू’ मा सहभागी भई ‘मिस ट्यालेन्ट’ टाइटल उपाधि पाएकी निशाले त्यसपछि राजधानी छिरेर औपचारिक रुपमा कलाकारितालाई अँगालेकी हुन् । जुन पहिलो ‘मिस लिम्बू’ पनि थियो । निशाले हालसम्म केही -याम्प शोहरुमा कोरियोग्राफीसमेत गरिसकेकी छन् । करिब एक वर्षअघि उनले आफ्नो एकल कोरियोग्राफीमा धरानमा एक यस्तो -याम्म शो गरेकी थिइन्, जसमा ‘मिस लिम्बू’ सिजन एकदेखि तीनसम्ममा स्पर्धीले सहभागिता जनाएको उनले स्क्रीन नेपालसँग बताइन् ।

nisha pomu 1
यसरी एक व्यस्त मोडलको रुपमा अगाडि बढिरहेकी निशाले भनिन्, ‘लक्ष्यभन्दा पनि रुचिको कुरा हो । मेरो रुचि भनेको नृत्य कोरियाग्राफर बन्नु नै हो । फेसन तथा -याम्प शोको त जसले पनि कोरियोग्राफी गरिहेको हुन्छ ।’ पूर्वी विकट पहाडी जिल्ला ताप्लेजुङको निगुरादेनमा जन्मेर धरानमा पढे–हुर्केकी निशा नेपाली मोडलिङ दुनियाँमा ट्यालेन्ट मानिन्छिन् ।

nisha pomo 3
उनको प्रतिभामा निर्माता तथा निर्देशकहरु समेत हिजोआज लोभिन थालेका छन् । त्यसैले हिजोआज चलचित्रमा अभिनयका लागि उनलाई प्रस्तावको ओइरो लाग्न थालेको छ । यो महिना मात्र ४ भन्दा बढी चलचित्रमा अभिनयका लागि प्रस्ताव आएको निशाले सुनाइन् । ‘सायद अब चलचित्रमा पनि अभिनय गर्छु होला’ आफूलाई प्रस्तावको ओइरो लाग्न थालेपछि निशाले मनन गर्दै भनिन्, ‘चलचित्रमा अभिनय गर्छु गर्दिनँ भन्ने अब केही दिनमै थाहा हुनेछ ।’

Comments