‘लक्ष्य’ को टेकेर दिलको दैलो (भिडियो)
screennepal
प्रकाशित: २०७२, १६ माघ शनिबार
no img

काठमाडौं । चलचित्र ‘लक्ष्य’ को ‘टेकेर दिलको दैलो…’ बोलको ‘स्याड सङ’ सार्वजनिक गरिएको छ । मिलन आले मगरको निर्देशनमा बनेको यो चलचित्रको निर्माण ओमलाल गुरुङले गरेका हुने यो चलचित्र चैत्र ५ गतेबाट प्रदर्शन हुँदैछ ।

sarika-kc
अञ्जु पन्तले गाएको यस गीत सुशील पंगेनीले लेखेका हुन् । अर्जुन पोखरेलको संगीत रहेको गीतको भिडियोमा सारिका केसी र सबिन श्रेष्ठले अभिनय गरेका छन् । रामजी लामीछानेले कोरियोग्राफी गरेको उक्त गीत लम्जुङका बिभिन्न स्थानमा खिचिएको हो । केही समयअघि उदितनारायणले गाएको ‘कुन बेला आइ बस्यौ मनको मझेरी’ बोलको ‘लभ सङ’ सार्वजनिक गरेको ‘लक्ष्य’ युनिटले केही समयपछि ‘नाची दिन्छु दामी छमछमी’ बोलको ‘आइटम सङ’ बजारमा ल्याउने योजना बनाएको छ । प्रोमो सार्वजनिक भएदेखि नै चर्चामा रहेको लक्ष्यका गीतले पनि राम्रो प्रतिक्रिया पाइरहेको छ । चलचित्रमा सबिन श्रेष्ठ, सारिका केसी, अनु् शाह, सुनील थापा, अर्जुनजंग शाही, भानुप्रतापलगायतले अभिनय गरेका छन् । सुमनकुमार तण्डुकारले खिचेको फिल्मको स्क्रिप्ट सुसील पंगेनीले लेखेका हुन् ।

Comments