अभिनेत्री तथा सांसद हेमा मालिनीलाई जग्गा हडप्पेको आरोप !
screennepal
प्रकाशित: २०७२, १५ माघ शुक्रबार
no img

मुम्बई, एजेन्सी । एक जमानाकी चर्चित अभिनेत्री तथा सांसद हेमा मालिनी नृत्य विद्यायल खोल्ने दौरानमा विवादमा तानिएकी छन् । हेमाले मुम्बईको अँधेरी इलाकामा नृत्य स्कुल खोल्ने योजनामा छिन् । तर, स्कुल खोल्ने तयारीमा रहेकै बेला एक आरटीआई कार्यकर्ताले बिहीबार हेमामाथि जग्गा कब्जा गरेको आरोप लगाएका छन् ।

hema
करिब एक महिनाअघि महाराष्ट्र सरकारले भारतीय जनता पार्टी ९बीजेपी० की सांसद हेमा मालिनीको नृत्य स्कूलका लागि सो इलाकामा २ हजार वर्ग मीटर जग्गा प्रस्ताव गरेको थियो । तर, सामाजिक कार्यकर्ता अनिल गलगलीका अनुसार हेमाले करोडौं पर्ने उक्त जग्गा मात्र ७० हजारमा ओगटेकी छन् । गलगलीले भने, ‘यो मात्र होइन, हेमा मालिनीले  मुम्बईको पोश इलाकामा जग्गा हडप्पेको यो दास्रोपटक हो । यसअघि १९९७ मा शिवसेना र बीजेपीको गठबन्धन सरकारको दौरानमा पनि उनले एक जग्गा हडप्पेकी थिइन् ।’
गलगलीले हेमा मालिनीले यसअघि हडप्पेको जग्गा सरकारले फिर्ता नगरी उल्टै अवसर दिएको आरोप लगाएका छन् । हुन त कांग्रेसको राज्यसभा सांसद राजिव शुक्लाले पनि पश्चिम अँधेरीमा एक जग्गा हडप्पेका थिए । जसमा विपक्ष शिव सेना र बीजेपीले विरोध गरेपछि फ्रेबु्रअरी २०१४ मा फर्काएका थिए ।

Comments