कोमल वली होइन, बजारमा ‘कोमल जल’ को चर्चा
screennepal
प्रकाशित: २०७२, १५ माघ शुक्रबार
no img

काठमाडौं । हिजोआज बजारमा गायिका कोमल वलीको होइन, ‘कोमल जल’ को बढी चर्चा छ । तर, जुनै चर्चा गरे पनि फाइदा कोमल वलीलाई नै हुनेछ । अब कोमल वली र ‘कोमल जल’ उस्तै–उस्तै हो, किनकि यी चर्चित लोकगायिका तथा सञ्चारकर्मीले आफ्नै नाममा पिउने पानी बजारमा ल्याएकी छन् । उनले आफ्नो भाइसँग मिलेर मिनरल वाटर कम्पनी सुरु गरेकी छन् । मिनरल वाटरको नाम उनले ‘कोमल जल’ राखेकी छन् ।

komal
वलीलेले ‘कोमल जल’ कम्पनी कपिलवस्तुमा राखेकी छन् । साथै, बाँके र सल्यान आसपासका जिल्लामा मात्र हालका लागि विक्रिवितरण हुने उनले बताएकी छन् । पानी बिहिबारबाटै बजारमा उपलब्ध भएको छ । पानी मात्र उत्पादन गरिने आफ्नो कम्पनीबाट निकट भविष्यमै अन्य पेय पदार्थ पनि उत्पादन सुरु गर्ने उनले बताएकी छन् ।

komal 1
लोक गायनमा कोमलको नाम ‘ब्राण्डेड’ मानिन्छ । त्यस्तै ‘कोमल जल’ले पनि त्यो मिनरल वाटरको भीडमा ब्राण्ड कायम गर्ने अपेक्षा गरेकी छन् । लामो समयदेखि गायनसँगै रेडियो नेपालमा रहेका काम गर्दै आएकी कोमलको यो पहिलोपटक व्यवसायी हो । तर, व्यवसायिकमा पनि सफलता हासिल गर्ने उनको विश्वास छ ।

Comments