फागुनमा डिसीको फूलैफूलको मौसम होला त ? (प्रोमो हेर्नुस्)
screennepal
प्रकाशित: २०७२, १४ माघ बिहीबार
no img

काठमाडौं । सञ्चारकर्मी तथा निर्देशक दिनेश डिसीको पछिल्लो महत्वकांक्षी चलचित्र हो, ‘फूलैफूलको मौसम तिमीलाई’ । ‘मायाज बार’ पनि डिसीले यो चलचित्रबाट बढी अपेक्षा गरेका छन् । यो चलचित्रमा मिहिनेत र लगानी पनि रामै्र छ । त्यसैले यो चलचित्र दर्शकका लागि पनि बहुप्रतिक्षित बनेको छ । यो चलचित्र २१ फागुनमा रिलिज हुँदैन । रिलिजको मिति नजिकिँदै जाँदा प्रचारप्रसारलाई पनि निर्माणपक्षले तिव्र बनाएका छन् । यसैक्रममा केही दिनअघि चलचित्रको ट्रेलर रिलिज गरिएको छ ।

full
ट्रेलरमा अभिनेत्री निता ढुंगाना, आमेश भण्डारी र क्याप्टेन विजय लामालाई फिचरिङ गरिएको छ । चलचित्रमा निता दोहोरो भुमिकामा  देखिँदैछिन् । टे«लरमा चुम्बनजस्ता रोमान्स दृश्यसहित विविध मनमोहक दृश्य  देखाइएको छ । निर्माणपक्षले यस चलचित्रलाई ‘सुपर न्याचुरल पावर स्टोरी’ रहेको नेपालकैै पहिलो चलचित्र भन्दै दावी गरेका छन् । हो, होइन, त्यसका लागि फागुन २१ कुर्नै पर्छ ।
यसअघि ‘मायाज बार’, ‘छ एकान छ’जस्ता चलचित्र निर्देशन गरेका डिसीको यो होम प्रोडक्सन  पहिलो चलचित्र हो । यस चलचित्रको ट्रेलर हेर्नुहोस् ।

Comments