भूकम्पपीडितको सहयोगार्थ अष्ट्रेलियामा ‘भैरव’
screennepal
प्रकाशित: २०७२, १३ माघ बुधबार
no img

काठमाडौं । नेपालको भूकम्पपीडित परिवारलाई न्यानो कपडा र राहत सामाग्री सहयोग गर्न न्यानो संसार नामक गैरसरकारी संस्थाले नेपाली फिल्म ‘भैरव’को अष्ट्रेलियाको मेलबर्नमा प्रदर्शन गर्ने भएको छ ।
सिड्नीको उत्साहजनक प्रदर्शनपश्चात फिल्मलाई अष्ट्रेलियाका विभिन्न सहरमा प्रदर्शन गर्न लागिएको कार्यक्रम आयोजक विज्ञान कँडेलले बताए ।

Bhairab 1

अष्ट्रेलियामा रहेर पत्रकारिता गरिरहेका कँडेल र सुमन खरेलको सक्रियतामा फिल्मलाई अष्ट्रेलियामा प्रदर्शन गराउन लागिएको हो । नेपालबाट यसको व्यवस्थापन निर्देशक तथा सञ्चारकर्मी जनकदीप पराजुलीले गरेका छन् ।
निखिल उप्रेतीको निर्माण तथा निर्देशन रहेको फिल्ममा निखिलसहित अनु शाह, मुरलीधरलगायतका कलाकारले अभिनय गरेका छन् । फिल्मले तराईको विषयबस्तुलाई उठान गरेको छ ।
अष्ट्रेलियामै रहेको नेपाल रिपोटर्स मिडियाले पनि यो फिल्मलाई अष्ट्रेलियाको विभिन्न सहरमा यो फिल्मलाई प्रदर्शन गराईरहेको छ ।

Comments