अब जापानमै रोधीमा छमछम नाच्न पाइने
screennepal
प्रकाशित: २०७२, १३ माघ बुधबार
no img

काठमाडौं । जापानमा बस्दै आएका नेपालीहरुका लागि खुसीको खबर । विभिन्न कामको सिलसिलामा जापान पुगेका नेपालीले अब जापानमै नेपालको गाउँघर, मेलापात र हाटबजारमा गाइने रोधीमा रमाउन पाउने भएका छन् । र आफूले चाहेजस्तै रोधीमा गाउँदै छमछम नाच्न पाउने भएका छन् ।

E-1

कलाकारलाई स्वागगतपछि अध्यक्ष खड्कालगायत । तस्बिर : समुद्रपारी डटकमबाट

जापानको राजधानी टोकियोस्थित नेपालीको बाक्लो बस्ती रहेको शिनओकुबोमा नेपाली कला र संस्कृति झल्किने रोधी क्लव रेष्टुरेण्ट सञ्चालनमा आउने भएको भएको छ । करिब २  सय सिट क्षमताको सो रोधी क्लवको यही शनिबार र आइतबार ग्राण्ड ओपनिङ हुँदैछ । त्यसका लागि केही नेपाली कलाकारसमेत अहिले जापान पुगेका छन् । नेपालबाट रोधी क्लब उद्घाटनका लागि सञ्जय गुरुङ र देवराज आलेमगर, शान्तिश्री परियार, शिला गुरुङ, सलिना नेपालीलगायतका कलाकार जापान पुगेका छन् ।
जापानमा महेन्द्र खड्काले रोधी क्लव सञ्चालन गर्न ल्याएका हुन् । उक्त क्लवका अध्यक्ष खड्काले आफ्नै नेपाली झल्किाउँने हेतुले जापानमा रोधी क्लव सञ्चालन गर्ने निर्णय गरेको बताएका छन् । सो रोधी क्लवले ग्राहकलाई मनोरञ्जनमात्र नभइ नेपाली लोकगीत, संगीत तथा कला संस्कृतिको जगेर्ना गर्न समेत मद्दत गर्ने उनको विश्वास छ । नेपालीमा पनि गुरुङ समुदायमा रोधीको विशेष महत्व बोकेको छ । तर, जापानजस्तो विकसित मुलुकमा नेपालीहरुको लोकसंस्कृति र लोक कलाको पहिचान झल्काउने रोधी क्लब सञ्चालन गर्दा यसको प्रवद्र्धनमा थप टेवा पुग्ने क्लबको दावी छ ।
अध्यक्ष तथा सञ्चालक खड्काका अनुसार क्लवमा सातामा ४ दिन दोहोरी, एक दिन डिजे, र एक–एक दिन डान्स र गजल साँझ प्रस्तुत हुनेछ । यससँगै क्लवमा नेपाली खानाका साथै इन्डियन, जापानी, थाई र भियतनामी खानाको स्वाद लिन पाइने छ ।

Comments