सन्नी लियोन पनि लजालु छिन् रे !
screennepal
प्रकाशित: २०७२, १२ माघ मंगलवार
no img

नयाँदिल्ली, एजेन्सी । सन्नी लियोन भन्नेवित्तिकै हट एण्ड सेक्सी अभिनेत्री लाग्छ । एक समय पोर्न फिल्म उद्योगमा तहल्का मच्चाएर ‘पोर्न स्टार’ भइसकेकी सन्नीले आफूलाई लजालु भन्दा धेरैलाई पत्यार नलाग्ला । तर, कलाकारको ‘रिल’ र ‘रियल लाइफ’ एउटै हुन्छ भन्ने छैन । यो कुरा यी पूर्वपोर्न स्टारको भनाइले पनि स्पष्ट पार्छ । सन्नीले एक अन्तर्वातामा आफू लजालु स्वभावकी बताएकी छन् । पहिलोपटक सन्नीको यो भनाइ र उनको पोर्न फिल्म हेरेका दर्शकहरु त अचम्मै भए होालान् ।

sunni

सन्नीले एक प्रश्नको जवाफमा भनिन्, ‘जब म कुनै कार्यक्रम या पुरस्कार समारोहमा जान्छु, त्यतिबेला अत्यन्त लजाइरहेको हुन्छु ।’ उनले आाफ्नो वास्तविकता बताउँदा मानिसहरुले पत्याउन नसक्ने पनि बताइन् । ‘वास्तविक जीवनमा म लजालु छु’ सन्नीले भनिन्, ‘तपाईहरुले पर्दामा जस्तो देख्नुहुन्छ, वास्तविक जीन्दगीमा त्यस्ती छैन ।’ सन्नी अभिनीत पछिल्लो फिल्म ‘मस्तीजादे’ यही शुक्रबारबाट रिलिज हुँदैछ । यसैबेला यी सेक्सी एण्ड हट अभिनेत्रीले नपत्याउँदो गरी आफ्नोबारे बताएकी हुन् ।

Comments