कल्पनाको ‘शिरैमा मेरो टोपी छ’ (भिडियो)
screennepal
प्रकाशित: २०७२, १२ माघ मंगलवार
no img

काठमाडौं । गीतकार कल्पना आङ्बुहाङ लिम्बूको शब्दरचना रहेको एउटा राष्ट्रिय गीतको भिडियो सार्वजिनक गरिएको छ । गीतकार कल्पनाको ‘आमा–२’ एल्बममा रहेको ‘शिरैमा मेरो टोपी छ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । जन्म राईको संगीत तथा बिक्रम लिम्बूको स्वर रहेको यस गीतको भिडियो निर्देशन लोकेन साँवाले गरेका हुन् ।

kalpana

गीतकार कल्पनाले ‘आमा–२’ एल्बम करिब महिना दिनअघि काठमाडौमा सार्वजनिक गरेकी थिइन् । एल्बममा समेटिएको विधिखाले गीतमध्ये राष्ट्रिय भाव झल्किने ‘शिरैमा मेरो टोपी छ’ लाई भिडियो निर्माण गरिएको हो । यस म्युजिक भिडियोमा हेमराज कन्दङवा जो अहिले हामीमाझ छैनन् अनि सुल्तान इदिङ्गो लिम्बू र अञ्जना लिम्बूले अभिनय गरेका छन् ।

Comments