प्रेम जीवनमा असफल यी बलिउड सेलिब्रेटी !
screennepal
प्रकाशित: २०७२, १२ माघ मंगलवार
no img

मुम्बई, एजेन्सी । बलिउड अभिनेता–अभिनेत्रीले ‘रील लाईफ’मा गरेको प्रेमसम्बन्ध यति सार्थक लाग्छ कि, मानौ उनीहरुको जस्ता आत्मिय प्रेम पृथ्वीमै उदाहरणीय छ । तर, तिनै कलाकारको वास्तविक जीवन हेर्दा भने संसारका असफल प्रेमी–प्रेमिका हुन् जस्तो लाग्छ । ‘रिल लाईफ’मा पछिल्लो समय प्रेममा असफल भएका जोडी हुन् रणवीर कपुर र कट्रिना कैफ । यी जोडीको हालैमात्र प्रेमसम्बन्ध टुटेको छ । यी दुईको प्रेमसम्बन्ध टुटेको समाचारले उनीहरूका प्रशंसक समेत छक्क परेका छन् । ६ वर्षयता उनीहहरु प्रेमसम्बन्धमा थिए ।

salma-katrina-ranabeer
रणवीर र कट्रिना प्रेमसम्बन्धमा बाँधिनुअघि यी दुई कलाकार अन्य कलाकारसँग प्रेममामा थिए । त्यतिबेला सलमान खानसँग कट्रिना निकै घनिष्ट प्रेममा थिइन् । यस्तै, दीपिका पादुकोणसँग रणवीर कपुरको प्रेमसम्बन्ध चल्दै आएको थियो । प्रेमसम्बन्धबाट दीपिका र रणवीर अलग भएकै बेला सलमान र कट्रिनाको प्रेमसम्बन्ध टुट्यो । त्यहीबेला रणवीर र कट्रिना नजिकिए हुन् । तर, त्यो प्रेमसम्बन्ध अब रहेन जबकि, त्यसअघि सबैजसो फिल्ममा सलमान र कट्रिनाको प्रेमसम्बन्ध दर्शकका लागि आदर्श बनेको थियो ।
यस्तै, रणवीर–दीपिकाको प्रेमसम्बन्ध टुट्नुअघि उनीहरूलाई देखाइएको हरेक सिनेमाको प्रेमसम्बन्ध भन्दा फरक थिएन । उनीहरूलाई दर्शकले सार्थक र सफल मानिएका थिए । यस्तै, रणवीर र कट्रिनाले पनि ‘रिल’मा सफल प्रेमीप्रेमिकाको भूमिका निभाएर आफ्ना प्रशंसकलाई दंग बनाएका थिए । तर, उनीहरूको ‘रियल’ प्रेमसम्बन्ध बिछोडमा परिणत भएपछि तिनै प्रशंसक जिल्ल भएका छन् र ।

????????????????????????
एक समय सिनेमाको पर्दामा सलमान खान र ऐश्वर्य रायको प्रेम सम्बन्धले पनि धेरै प्रशंसकलाई प्रेमसम्बन्धमा जोडिदिएको थियो । फिल्ममा सार्थक प्रेमीप्रेमिका कहलिएका यी जोडी वास्तविक जीवनमा पनि प्रेम सम्बन्धमा बाँधिन पुगे । तर, सलमान खानको सन्की स्वभावका कारण सलमान र ऐश्वर्याको प्रेमसम्बन्ध टुट्यो । अन्ततः ऐश्वर्याले अभिषेक बच्चनसँग विवाह गरिन् ।
सुरुका चरणमा अभिनेता जोन अब्राहम र अभिनेत्री विपाशा वसु पनि ‘रियल लाइफ’मा सार्थक प्रेमी प्रेमिकाको रूपमा देखा परे । बिस्तारै उनीहरू ‘रियल लाइफ’मा पनि प्रेम सम्बन्धमा बाँधिए । तर, त्यो प्रेम सम्बन्ध आधा दशकमै टुट्यो । जोनले सुटुक्क अर्कैसँग विवाह गरे । विपाशा पनि अहिले आफ्नो नयाँ प्रेमीसँग छिन् ।
त्यसो त एक समय अभिषेक बच्चन पनि अभिनेत्री करिश्मा कपुरसँग प्रेम सम्बन्धमा बाँधिएका थिए । उनीहरूबिच विवाहको लागि ‘इन्गेजमेन्ट’ समेत भएर पनि विवाह हुन सकेन । करिश्माको एक उद्योगपतिसँग विवाह भएपछि अभिषेक र ऐश्वर्या प्रेममा बाँधिएका हुन् ।
फिल्मको पर्दामा सफल जोडी कहलिएका साहिद कपुर र करिना कपुरको प्रेम सम्बन्धलाई एक समय बलिउडमा ‘लैला मजनु’को रूपमा लिएका थिए । तर, उनीहरूबिचको प्रेमसम्बन्ध पनि आखिर टुट्यो नै । त्यसपछि करिना कपुर अभिनेता सैफ अली खानसँग नजिकिइन् र खानसँगै विवाह पनि गरिन् । साहिदले पनि गत वर्ष फिल्म बाहिरकी युवतीसँग विवाह गरे ।

Comments