रंगीन दुनियाँमा अर्की नम्रता (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७२, ११ माघ सोमबार
no img

काठमाडौं । रंगीन संसार अर्थात मोडलिङ दुनियाँमा रमाउन नचाहने सायद कमै होलान् । जहाँ नाम र दाम दुवै हुन्छ, त्यहाँ रमाउने चाहना वा अभिलाषा प्रायको हुन्छ । त्यस्तै, मोडलिङमा आफूलाई स्थापित गराउन यतिखेर संघर्षरत छिन्, मोडल नम्रता पौडेल ।

Namrata 2

नम्रताको लक्ष्य मोडलिङमै करिअर बनाउनु हो । हिजोआज त्यसैअनुरुप मेहिनेत गरिरहेको उनी बताउँछिन् । अभिनयमा समेत पोख्त नम्रतालाई शरीरले पनि मोडलिङमा साथ दिएको छ । सुन्दर मुहार र आकर्षक शरीरकी नम्रता भन्छिन्, ‘एकदिन अवश्य लक्ष्यमा पुग्नेछु ।’ सानै उमेरदेखि कलाकारितामा रुचि राख्दै आएकी नम्रताले अभिनयमा आफूलाई अब्बल दर्जामा पु¥याउँने सोच बनाएकी छन् ।

namarta
गायक सविन लिम्बुको गीतमा मोडलिङ गरेर यस रंगीन दुनियाँमा प्रवेश गरेकी नम्रताले भनिन्, ‘अब मोडलिङमै करिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा प्रतिभा प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउँछु ।’ नम्रता पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रमा केही सम्भावना बोकेकी नायिका हुन् । नम्रताले नेपाली कलाकारिताको प्रशिक्षण लिएरै यस क्षेत्रमा प्रवेश गरेकी हुन् । उनी भन्छिन्, ‘कला क्षेत्रको प्रशिक्षण लिएर आउँने यहाँ थोरैमात्र छन् । यस क्षेत्रलाई बुझेर प्रवेश गरे गाह्रो हुने रहेनछ ।’

 

namarta 2

namrta 3

Comments