Screennepal Offbeat : विवेकशील नेपाली दलले के गर्छ ?
screennepal
प्रकाशित: २०७२, ९ माघ शनिबार
no img

काठमाडौं । डा. बाबुराम भट्टराईको ‘नयाँ शक्ति’ को चर्चा भइरहेका बेला यस्तै अर्को दल देखिएको छ । ‘विवेकशील नेपाली’ नाम दिइएको यसलाई सकरात्मक सोच भएका युवाहरुको दल भनिएको छ । करिब डेढ वर्षअघि दर्ता गरिएको यो दलमा अहिले ७ हजार सदस्य पुगेको दलका सदस्य राजाराम केसीले बताए । उनका अनुसार देश कसरी बनाउन सकिन्छ भन्ने सकरात्मक उद्देश्यले यो दलको जन्म भएको हो । उज्वल थापा अध्यक्ष रहेको ‘विवेकशील नेपाली’ दलले अहिले जनताको मन जित्न सामाजिक कार्यमा सक्रिय रहेको सदस्य केसीले बताए । उनले केही समययता आफ्नो दलले ‘न्यानो माया अभियान’ चलाइरहेको बताए । केसीले भने, ‘न्यानो माया अभियानअन्र्तगत हामीले भूकम्पपीडित तथा गरिब र असाहयहरुलाई न्यानो कपडा वितरण गर्दै आएका छौं, जो चिसोले कठ्याङ्ग्रिएर बसेका छन् ।’

12400577_1658168354462779_1898887998120072013_n

राजाराम केसी, सदस्य विवेकशील नेपाली दल

चिसो मौसम सुरु भएयता सिन्धुपाल्चोक, नुवाकोट, काभ्रे, धादिङ, गोरखा र बाराका भूकम्पपीडित तथा चिसोले कठ्याङ्ग्रिएका परिवारलाई न्यानो लत्ताकपडा वितरण गरेको केसीले बताए । उनका अनुसार न्यानो माया अभियानअन्र्तगत ७ सय परिवारले न्यानो कपडा पाए ।
देशको बागडोर सम्हाल्ने जिम्ेवारी पाएका मुख्य राजनीतिक दलले देश र जनताका लागि केही नगरेको विवेकशील नेपाली दल जन्मिएको पनि केसीले बताए । करिब डेढ वर्षमै आफ्नो दलमा ७ हजारभन्दा बढी युवाले सदस्यता लिएको भन्दै केसीले भने, ‘कुनै दिन विवेकशील नेपाली दल देशकै ठूलो दल बन्नेछ ।’ उनले अहिलेसम्ममा ४३ जिल्लामा जिल्ला कार्यसमिति गठन भइसकेको जनाउँदै काठमाडौमा १४ वडामा समिति गठन भएको बताए । विवेकशील नेपाली दललाई जनतासामु चिनाउन दैनिकजस्तो विविध सामाजिक कार्यहरु गर्दै आएको उनको भनाइ छ । ‘नागरिकलाई जागरुक गराउन हामी लागि परेका छौं’ केसीले भने, ‘विवेकशील नेपाली दलमा सदस्य बन्न सकरात्मक सोच हुनपर्छ । जसले राष्ट्र निर्माणमा सकरात्मक सोच लिएर अगाडि बढ्न चाहन्छ, त्यो हाम्रो सदस्य बन्न सक्छ ।’

Comments