राजमार्गको दायाँ–वायाँ छायो राहदानी
screennepal
प्रकाशित: २०७२, ९ माघ शनिबार
no img

काठमाडौं । चलचित्र ‘राहदानी’ले प्रचारको नयाँ शैली अपनाएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा चलचित्रको प्रचारलाई तिव्रता दिँदै सडक तथा राजमार्गमा पोस्टरिङ र भित्ते लेखन थालेको हो । चलचित्रबारे राजमार्गमा यात्रा गर्ने दर्शकलाई जानकारी गराउन यो अभियान सुरु गरिएको निर्माता लक्ष्मीप्रसाद ढकालले बताए ।

rahadani
राजमार्ग अभियानअन्तर्गत काठमाडौं, बनेपा बर्दिबास सडक खण्ड, बर्दिबास पथलैया हेटौंडा सडक खण्ड, हेटौं देखि नारायणघाट सडक खण्डका विभिन्न स्थानमा राहदानीको भित्तेलेखन अभियान सम्पन्न गरिएको छ । यस्तै नारायणघाट देखि नवलपरासी, बुटबल सडक खण्ड, नारायणदेखि मुग्लिन सडक खण्ड, दमौली देखि मुग्लिन सडक खण्ड र मुग्लिन देखि नागढुँगा सडक खण्डमा पनि रादहानीको प्रचार स्वरुप भित्तेलेखन अभियानसम्पन्न भएको छ ।
यी राजमार्ग अन्तर्गत एक सय भन्दा बढी स्थानमा चलचित्र राहदानीको प्रदर्शनी मिति बारे भित्तेलेखन सम्पन्न गरिएको छ । ‘गाउँ शहर देखि राजधानी,हेर्नेछन सबैले राहदानी’ नारासहित यो अभियान सुरु गरिएको हो । यो चलचित्र आगामी १२ चैतबाट देशव्यापी प्रदर्शनीमा आउने यसका लेखक निर्देशक डब्बु क्षत्रीले जानकारी गराएका छन् ।

rahadani 1
बैदेशिक रोजगारीका समस्यालाई उजागर गरिएको यो चलचित्रमा दयाहाङ राई, रुपा खनाल, अशोक रिजाल, नविन लम्साल, बिनिता घिमिरे, सृजना सुब्बा, विकाश जोशी, मोनिका दाहाल, तेन्जिङ शेर्पा, अस्मिता बस्नेत, विधा कार्की, दिनेश दुलाल, आयुष्मा श्रेष्ठ सहितको अभिनय रहेको छ ।

Comments